The Cinemax Hub

फिल्म ‘मोहर’को ट्रेलर सार्वजनिक

Facebook
Twitter
WhatsApp

सस्पेन्स, थ्रीलरको साथमा प्रेम, विछोड र बदलाको कथामा तयार भएको फिल्म ‘मोहर’को ट्रेलर सार्वजनिक भएको छ । साउनको २३ गतेबाट रिलिजमा आउने यो फिल्मलाई फिल्म मेकर्स प्रा.लिको व्यानरमा निर्माण गरिएको हो । फिल्ममा ओम प्रतिकको लेखन तथा निर्देशन छ । चुम्बन जंग शाही फिल्मका निर्माता हुन् ।

फिल्म ‘मोहर’को ट्रेलर मुख्यतया नायक पल शाह, नायिकाद्धय बेनिशा हमाल र नीति शाह, कलाकारहरु लक्ष्मी गिरी, अर्जुन जंग शाही र बाल–कलाकार सारा शर्माको वरिपरी घुमेको छ । देउकी प्रथालाई मुख्य बिषयवस्तु बनाएको फिल्मको ट्रेलरमा थुप्रै आरोह अवरोह देखिन्छ । पलको बेनिशा र नीतिसँगको प्रेमले पनि अर्थपूर्ण कथा भन्न खोजेको देखिन्छ ।

एउटी बालीकालाई देउकी चढाउने बिषयबाट उठान भएको फिल्मको ट्रेलर थुप्रै उतारचढावका बिच अगाडि बढेको छ । फिल्मको ट्रेलरले दर्शकलाई फिल्मप्रतिको चासो बढाउने देखिन्छ । दुई गीत र टिजर चर्चामा रहेको समयमा ट्रेलरले अझै कौतुहलता र चासो बढाउने पक्का छ ।
यो फिल्ममा पल शाह, अर्जुन जंग शाही, बेनिशा हमाल, नीति शाह, मिथिला शर्मा, रविन्द्र झा, लक्ष्मी गिरी, मिस पबी, सुशिल देवकोटा, लक्ष्मीनाथ तिमिल्सिना, सिद्धार्थ सिंह, माधव दत्त पण्डित, गीता थापा, नविन खतिवडा, अर्जुन आचार्य र बाल कलाकार सारा शर्माको मुख्य भूमिका छ ।

गिरिराज घिमिरे मुख्य सहायक निर्देशक रहेको फिल्ममा लक्ष्मणराज पौडेल प्रोडक्सन म्यानेजर, दीपेन बस्न्यातको डीओपी, भूपेन्द्र अधिकारीको सम्पादन, रेनिश फागोको कलर, सुरेश अधिकारी, थानेश्वर गौतम र एसडी योगीको संगीत छ । यो फिल्मको ट्रेलरलाई साहिल खानले तयार पारेका हुन् । रामजी लामिछाने र कविराज गहतराजको कोरियोग्राफी रहेको फिल्ममा कुमार महर्जनको एक्सन छ । फिल्मको शिर्षक अनुसार, ट्रेलरमा ‘मोहर’को महत्व र आवश्यकतालाई पनि झल्काइएको छ । फिल्म ‘मोहर’ले बक्स अफिसमा सुखद कमाई गर्ने अपेक्षा गरिएको छ ।

Cinemax Hub

/ सम्बन्धित समाचार /