The Cinemax Hub

‘सिटामोल’को नयाँ गीत ‘रातो पछ्यौरी’ सार्वजनिक

Facebook
Twitter
WhatsApp

आगामी शुक्रबार अर्थात् साउन २३ गतेबाट प्रदर्शनको तयारी रहेको सिनेमा ‘सिटामोल’को नयाँ गीत ‘रातो पछ्यौरी’ सार्वजनिक भएको छ । सिनेमाको आक्रामक प्रचार जारी रहेका बेला निर्माण टिमले यो गीत सार्वजनिक गरेको हो । यो गीतमा अञ्जना खतिवडा र रवि ओडको स्वर सुन्न सकिन्छ ।

सार्वजनिक गीतमा बाबुल गिरीले शब्द, संगीत तथा एरेञ्ज छ । गीतले नेपाली मौलिकता झल्काउने र सिनेमाको कथा भावलाई थप सशक्त बनाउने विश्वास गरिएको छ । यसअघि सार्वजनिक गरिएको सिनेमाको ट्रेलरले दर्शकबाट निकै सकारात्मक प्रतिक्रिया पाएको थियो ।

ट्रेलरमा नेपाली समाजमा विद्यमान गरिबी, बेरोजगारी, पारिवारिक झमेला र सरकारी उदासिनतालाई हास्य व्यङ्ग्य शैलीमा प्रस्तुत गरिएको छ, जसले दर्शकको मन जित्न सफल भएको देखिन्छ । यसअघि सार्वजनिक गीत तथा पोस्टरले समेत दर्शकको ध्यान राम्रैसँग तानेको देखिन्छ ।

राज बहादुर साने निर्देशित सिनेमामा सौगात मल्ल, बेनिशा हमाल, श्री कृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बालकलाकार करण नेपाली, आराध्या राज्यलक्ष्मी डिसीको अभिनय छ । श्री कृष्ण र जानुकाले यही सिनेमाबाट नेपाली रजतपटमा डेव्यु गरेका हुन् ।

तुल्सी देवी फिल्म प्रालीले जुनतारा फिल्मस्को सहकार्यमा निर्माण भएको सिनेमाको कथा प्रदीप भारद्धाज र निर्देशक सानेले लेखेका हुन् । सिमोस सुनुवारको प्रस्तुती रहेको सिनेमामा भुगोल कुमार कार्की र विकाश राज जोशी निर्माता तथा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता अनि गंगाराम श्रेष्ठ सह-निर्मातामा छन् ।

बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन, डिआई कलर राजेन्द्र मोक्तान, साउण्ड डिजाइनर मुकेश शाह, द्धन्द्व निर्देशन देव महर्जन र शंकर महर्जन, राकेश दाहालको पोस्टर डिजाइन, प्रोडक्सन म्यानेजर विकास तामाङ र धनबहादुर राई रहेको सिनेमालाई दिव्य सुवेदीले खिचेका हुन् ।

Cinemax Hub

/ सम्बन्धित समाचार /