The Cinemax Hub

नीताको ‘पार्वती’मा दीपाश्रीको इन्ट्री,असोजबाट छायांकन

Facebook
Twitter
WhatsApp

काठमाडौं । निर्माणको तयारीमा रहेको फिल्म ‘पार्वती’मा दीपाश्री निरौला अनुबन्ध भएकी छन्। मंगलरबार उनलाई फिल्मको निर्माण टिमले अनुबन्ध गरेको हो।  यस फिल्मकी अभिनेत्री तथा निर्देशक निता ढुङ्गाना अधिकारीले दीपाश्रीसँग मौखिक रुपमा कुराकानी हुँदै आएको भएता पनि मंगलबार कागजी सम्झौता गरेको बताईन्।

‘हामीबीच सल्लाह सुझाव भइरहेको थियो,मौखिक रुपमा हामी ओके थियो,’दीपाश्रीलाई फिल्ममा अनुबन्ध गर्दै निताले भनिन्,‘आज (मंगलबार)चाही फाइनल हुनु भएको छ दिदी। मेरो प्रोजेक्टमा दिदी हुनु मेरो लागि ठुलो कुरा हो।’ निताले दीपालाई नायिकाको रुपमा अनुबन्ध गरेको बताईन्। फिल्ममा अनुबन्ध भएपछि दीपाश्रीले १२ वर्षअघि नितासागको सहकार्यलाई सम्झिइन्।

‘आजभन्दा १२ वर्षअघि अर्थात वि.स.२०७० सालमा ‘छ एकान छ’मा हामीलाई हेल्प गरेकी थियौँ,’दीपाले निताको तारिफ गर्दै भनिन्,‘१२ वर्षपछि खोलो फर्कियो भने जस्तै मलाई अनुबन्ध गराएकी छौँ ‘पार्वती’मा । अहिले यो साउनको महिना,शिव पार्वती जोडिएको महिना र पार्वती जस्तो फिल्ममा लिड रोलमा मौका पाए। धन्यवाद छ मलाई सम्झेकोमा।’

निताले १२ वर्षअघि उहाँले मलाई फिल्ममा सम्झिनु भएको र १२ वर्षपछि मेरो डाइरेक्टरमा दीपालाई लिन पाएकोमा खुशी व्यक्त गरिन्। दीपाश्री छक्का पञ्जा टिमकी सफल निर्देशक तथा अभिनेत्री समेत हुन्। उनले निर्देशन गरेका अधिकांश फिल्म सफल भएका छन्। त्यस कारण पनि यो फिल्ममा उनी अनुबन्धित हुँदा अर्थपुर्ण तरिकाले हेरिएको छ।

दीपाश्री अनुबन्ध हुनु अघि यो फिल्मका लागि चर्चित डान्स ग्रुप ‘कार्टुन्ज क्रू’का सरोज अधिकारी सहायक निर्देशकको रूपमा अनुबन्ध भएका थिए। सफल अभिनेत्री तथा निर्देशक नीता ढुंगाना अधिकारीले निर्देशन गर्न लागेको फिल्ममा उनी आफै मुख्य भुमिकामा अभिनय गर्दैछिन्।

आगामी असोजदेखि छायांकन सुरु हुने यो फिल्मको दुई वटा पोस्टर समेत सार्वजनिक भइसकेका छन्। निर्माण टिमले गत शनिबार दुई पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति पनि घोषणा गरिसकेको छ। फिल्म आगामी माघ १ गतेदेखि प्रदर्शनमा आउनेछ। फिल्ममा नीता,दीपाश्री बाहेक अन्य कलाकारहरूको नाम भने निमाृण टिमले खुलाएका छैनन्। निर्देशक निताका अनुसार कलाकार र प्राविधिक टिमबारे जानकारी क्रमशः सार्वजनिक गरिनेछ।

फिल्मको कथा नीता ढुंगानाले लेखेकी हुन् भने पटकथा तथा संवाद शिवम् अधिकारीले तयार पारेका हुन्। छायांकन कविर लाल र शाहिद लालले गर्नेछन्। फिल्ममा सावित्रा अधिकारी, नरहरी अधिकारी र पवन ढुंगानाले लगानी गर्नेछन्। निताले पहिलो पटक ‘ह्रस्वदीर्घ’ फिल्ममार्फत निर्माणमा होमिएकी थिइन्। यस पटक भने नीताले ‘पार्वती’ र ‘सुख–दुःख’ फिल्ममार्फत निर्देशनमा पाइला राख्न लागेकी हुन्। वितरण पक्षमा, उपत्यकाभित्र रिच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्ट, तथा उपत्यकाबाहिर एफडी कम्पनीले वितरणको जिम्मा लिएका छन्।

Cinemax Hub

/ सम्बन्धित समाचार /