The Cinemax Hub

‘३६ को आँकडा’मा अभिनय गर्नका लागि नायिका निरुता सिंह नेपालमा

Facebook
Twitter
WhatsApp

सविर श्रेष्ठको निर्देशनमा तयार हुन लागेको फिल्म ‘३६ को आँकडा’मा अभिनय गर्नका लागि नायिका निरुता सिंह नेपाल आइपुगेकी छिन् । मुम्बइबाट आइतबार राती नेपाल आएकी निरुताले पत्रकारहरुसँग कुरा गर्दै आफू अत्यन्तै उत्साहित रहेको बताइन् ।

निरुताले भनिन्–‘अब म कही पनि जादिनँ । म निरन्तर नेपाली फिल्ममा काम गर्छु । बिचमा मलाई कोरोना भयो । त्यसकारण, मैले फिल्ममा काम गर्न पाइनँ । अब भने म कही पनि जान्नँ ।’ निरुताले आफू नेपाली फिल्म भन्दा टाढा बस्न नसक्ने स्पष्ट पारिन् । बिचमा केही फिल्मबाट अफर आएपनि विभिन्न कुराहरु नमिलेर काम गर्न पाएको थिइनँ ।

यो फिल्ममा निरुताको भूमिका के हो भन्ने खुलेको छैन । निर्देशक सविर श्रेष्ठले पनि निरुताको भूमिका अहिले नै खुलाउन नमिल्ने सुनाए । निरुतालाई फिल्ममा लिनुको कारणबारे सविर भन्छन्–‘मैले सहायक निर्देशकको रुपमा निरुता दिदीसँग केही फिल्ममा काम गरेको थिएँ । तर, निर्देशक भएपछि काम गर्न पाएको थिइनँ । कुनै कुनै भूमिकामा विशेष कोही कलाकारको मात्र आवश्यकता पर्ने रहेछ । यो फिल्ममा पनि निरुता दिदी नै चाहिने भूमिका छ । यसैले, उहाँलाई हामीले आग्रह गरेका हौं ।’

यो फिल्ममा रेखा थापा, पूजा शर्मा, महेश त्रिपाठी, पुष्प खड्का लगायतका कलाकारहरुको पनि अभिनय छ । नायिका रेखा थापा र निरुता सिंहले फिल्म ‘दुई पल’ पछि एकसाथ पर्दा शेयर गरेका छैनन् । अब भने यी दुई स्टार नायिकाले एकसाथ काम गर्दैछन् । नायिका सिंहले फिल्म ‘दाल भात तरकारी’पछि नयाँ फिल्ममा काम गरेकी छैनन् । अब भने उनी आजबाट छायांकनमा जान लागेको फिल्म ‘३६ को आँकडा’मा काम गर्न तयारी भएकी छिन् ।

Cinemax Hub

/ सम्बन्धित समाचार /