The Cinemax Hub

सरोज अधिकारीको नयाँ म्युजिक भिडियो ‘तन् दिए मन दिए’ सार्वजनिक

Facebook
Twitter
WhatsApp

नेपाली चलचित्र र म्युजिक भिडियो क्षेत्रमा सक्रिय निर्देशक सरोज अधिकारीले करिब तीन वर्षपछि नयाँ म्युजिक भिडियो ‘तन् दिए मन दिए’को म्युजिक भिडियोबाट नेपाली सांगीतिक क्षेत्रमा फर्किएका छन् छन्। सार्वजनिक भएको केही समयमा नै भिडियोले सामाजिक सञ्जालमा उत्साहजनक प्रतिक्रिया पाउँदै, दर्शक तथा श्रोतामाझ चर्चा कमाउन थालेको छ।

यस म्युजिक भिडियोमार्फत करिब चार–पाँच वर्षपछि कलाकार चिरञ्जीवी अधिकारी पनि पुनः दर्शकमाझ फर्किएका छन्। उनीसँगै भूपाल मानसिंह कार्की, भूमिका मिश्र र आर्यन चुडालले म्युजिक भिडियोमा अभिनय गरेका छन्। नयाँ कलाकारहरूको जोडी र प्रस्तुतिलाई दर्शकले रुचाउने अपेक्षा गरिएको निर्माण टिमले जनाएको छ।

निर्देशक अधिकारी पछिल्लो पटक ठूला ब्यानरको फिल्म ‘रावायण’ मा सहायक निर्देशकका रूपमा संलग्न भएका थिए। उनी नेपाली चलचित्र क्षेत्रमा एक दशकभन्दा बढी समयदेखि सक्रिय रहँदै आएका छन् र अहिलेसम्म करिब तीन दर्जनभन्दा बढी म्युजिक भिडियो निर्देशन गरिसकेका छन्। , ‘म यस्तो गीत गाउँछु’, ‘म यस्तो गीत गाउँछु २’ जस्ता सुपरहिट नेपाली चलचित्रमा पनि सहायक निर्देशकका रूपमा योगदान दिइसकेका छन्।

“फिल्मसँगै म्युजिक भिडियो पनि मेरो लागि रुचिको विषय हो हो। लामो अन्तरालपछि यसमार्फत दर्शकमाझ फर्कन पाउँदा निकै उत्साहित छु। यो भिडियोले नयाँपन र भावनात्मक स्पर्श दिने विश्वास लिएको छु।” निर्देशक अधिकारीले भने निर्माण टिमका अनुसार भिडियोले छोटो समयमै राम्रो प्रतिक्रिया पाएको छ र दर्शकलाई अझ फरक तथा उत्कृष्ट सामग्री दिने दाबी गरिएको छ। चिरञ्जीवी अधिकारीको रचनामा रहेको गीतलाई दीपकराज विश्वकर्माले संगीत भरेका छन्। उक्त गीतमा गायक मनोजराज शिवाकोटीको स्वर रहेको छ |

thecinemaxhub

/ सम्बन्धित समाचार /