The Cinemax Hub

सुरक्षा पन्त अभिनित चलचित्र ‘धागो’ कार्तिक २८ मा रिलिज हुने, नेपाल–भारतमा एकसाथ प्रदर्शन गरिने

Facebook
Twitter
WhatsApp

काठमाडौं – अभिनेत्री सुरक्षा पन्तको प्रमुख अभिनय रहेको नेपाली चलचित्र ‘धागो’ आउँदो कार्तिक २८ गते नेपाल र भारतका हलमा एकसाथ रिलिज हुने भएको छ। शुक्रवार पोस्टर सार्वजनिक गर्दै निर्माण पक्षले sinemaale परिवार, सिमाना र नटुट्ने सम्बन्धको कथा प्रस्तुत गर्ने सन्देश दिएको छ।

UKt चलचित्रलाई उदिप राणा थापाले निर्देशन गरेका हुन्। डुवर्सको चिया बगानमा जन्मे-हुर्केका उदिपसँग १८ वर्षसम्म बलिउडमा जी–फाइभ, टेलिभिजन च्यानल र ठूला प्रोडक्सन हाउसहरूमा क्रिएटिभ हेड, निर्देशक र प्रोड्युसरको रूपमा काम गरेको अनुभव छ। यद्यपि फिचर चलचित्रको रूपमा भने ‘धागो’ पहिलो हो। पोस्टर र रिलिज मिति सार्वजनिक गर्दै निर्देशक उदिपले ‘धागो’ आफ्ना मान्छेहरूको कथा रहेको बताए। उनले भने, “मेरो सफलताको श्रेय मेरा आमाबुवाको त्याग र डुवर्सका जनताको आशीर्वादलाई जान्छ। ‘धागो’ मेरो माटो र मेरो मान्छेहरूको कथा हो। यसमार्फत मैले हाम्रो समाजका अनगिन्ती धागोहरूलाई जोड्ने प्रयास गरेको छु।”

चलचित्रमा सुरक्षा पन्तसँगै भारतको वेस्ट बङ्गाल डुवर्सका प्रभात थापा र मिस दार्जिलिङ तथा मिस नर्थ इस्ट भारत विजेता सुरभि थापा प्रमुख भूमिकामा देखिनेछन्। यसका अतिरिक्त बुद्धि तामाङ, सुनिल थापा, रबिन सान्संकर, दीप छेत्री, प्रज्ञा थापा, बाबु प्रधान, सेवन विश्वकर्मा, राजीव भुसाल, आइशा तामाङ, पप्पु विश्वकर्मा लगायतका कलाकारहरूले अभिनय गरेका छन्। विशेष आकर्षणका रूपमा अभिनेत्री वर्षा राउतले केमियो भूमिका निर्वाह गरेकी छन्।

चलचित्रका सङ्गीतकार तथा गीतकार चर्चित गायक पुष्पन प्रधान हुन्। चलचित्रको शीर्ष गीतलाई भने मन्चारी र रजिन सान्संकरले कम्पोज गरेका छन्। गायक–गायिकामा पुष्पन प्रधान, आकाङ्क्षा थापा, बाबुता मंगर, बिके परियार, उमेश छेत्री, जुनु गौतम र रजिन सान्संकर रहेका छन्।

‘धागो’ चलचित्रलाई फिल्म म्याग्नेट इन्टरटेन्मेन्ट इन्डियाले निर्माण गरेको हो। यसको निर्मातामा उमा थापा, उत्तम थापा र उदिप थापा रहेका छन् भने सह–निर्मातामा प्रभात थापा, समीर तामाङ र राजेश क्षेत्री छन्। जसमा, सुपरभाइजिङ प्रोड्युसर वहिद एम. मुन्सुरी र उदय थापा रहेका छन्। प्रोडक्सन म्यानेजर सुरज तोप्पो र प्रोडक्सन कन्ट्रोलर सबिन थापा हुन्। चलचित्रको निर्देशन टिममा नम्रता रोय, देवा, राघव मुदालियर र सुरभि थापा रहेका छन्।

‘धागो’को डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ। नेपालमा यस चलचित्रलाई आरआर फिल्म्सले वितरण गरेको हो ।

thecinemaxhub

/ सम्बन्धित समाचार /