The Cinemax Hub

सनिशा र आशिर्वाद अभिनित ‘भो नबोलाउ मलाई’को म्युजिक भिडियो सार्वजनिक

Facebook
Twitter
WhatsApp

काठमाडौं  सनिशा भट्टराई र आशिर्वाद क्षेत्री अभिनित ‘भो नबोलाउ मलाई’गीतको भिडियो सार्वजनिक भएको छ। शनिबार एक काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमा भिडियो रिलिज गरिएको हो।

गीतको भिडियो सार्वजनिक गर्दै मदनकृष्णले गीत निकै राम्रो लागेको बताए। उनले यस गीतका गायक तथा संगीतकार सफल शेरचनको स्वर, शब्द र संगीतलाई तारिफ गरे। यो गीतलाई स्रोता तथा दर्शकले मन पराउनेमा विश्वास व्यक्त गर्दै निर्मण टिमलाई बधाई दिए। यो गीतको एरेन्ज  बाबुल गिरीले गरेका छन्। पछिल्लो समयका चर्चित गायक तथा संगीतकार समेत रहेका बाबुल गिरीले यस गीतमा मिठो एरेञ्ज गरेका छन्।

दिपा शाक्य श्रेष्ठको निर्देशनमा तयार गरिएको यस गीतको भिडियोमा सनिशा र आदिर्वादको केमेष्ट्री मिलेको देख्न सकिन्छ। गीतको भिडियो रिलिज कार्यक्रममा उपस्थित भएकी सनिशाले अभिनेता क्षेत्रीको खुबै तारिफ गरिन्। उनले भनिन्,‘एकदमै राम्रो हुनुहुन्छ। एक्टिङ पनि राम्रो गर्नुहुन्छ,मैले उहाँको चलचित्र पनि हेरेको छु। फ्युचरमा उहाँसँग अझैँ धेरै काम गर्न मन छ।’

गीतलाई राजेश शाहले मिक्सिङ/मास्टरिङ गरेका हुन् भने भिडियोमा मेकअप डिपा पौडेलले गरेकी छिन्। प्रोडक्सन म्यानेजर दिपेन गौतम ‘माइकल’ हुन भने छायांकन उत्तम हुमागाईंले गरेका हुन् । त्यसै गरि गीतको भिडियोको रंग संयोजन प्रकाश मानन्धरको छ।  यो गीतलाई निर्माण पक्षले छिट्टै स्पोटिफाइ, टिकटक, रिसो, एप्पल म्युजिक, जिओ सावन, अमेजन प्राइम म्युजिकमा रिलिज गर्ने जानकारी दिएको छ। एसएस प्रोडक्सन लण्डनको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यो गीतको भिडियोलाई एसएस प्रोडक्सन लण्डनले निर्माण गरेको हो।

thecinemaxhub

/ सम्बन्धित समाचार /