

काठमाडौं : ऋषि लामिछाने निर्देशित सिनेमा माग्ने राजाले रिलिजको १२ औं दिनसम्म आइपुग्दा बक्स अफिसमा ४ करोड माथिको व्यापार गरेको छ । भदौको ६ गतेबाट रिलिजमा आएको यो सिनेमाले बक्स अफिसमा सुखद कमाई गरेको मान्न सकिन्छ । वितरक रोहित कट्टेलको भनाई अनुसार ४ करोड ६१ लाखको ग्रस कलेक्शन सिनेमाले गरेको बताए ।
सिनेमाले यो साता नै ५ करोडको आँकडा छुने प्रक्षेपण रोहितको छ । यसअघि ‘ऊनको स्विटर र मोहर’ सर्वाधिक कमाई गर्ने सिनेमाको पहिलो र दोस्रो नम्बरमा छन् भने ‘माग्ने राजा’ तेस्रो नम्बरमा उक्लिएको छ । मुनाल घिमिरेको निर्माण रहेको यो सिनेमामा केदार प्रसाद घिमिरे, वर्षा सिवाकोटी, विल्सन विक्रम राई लगायतका कलाकारहरुको अभिनय छ ।














