The Cinemax Hub

माघ १ गते नै आउने भयो दया र शाइसा अभिनित फिल्म ‘मिरमिरे’,बाहिरियो २ पोस्टर

Facebook
Twitter
WhatsApp

काठमाडौं । यम शेर्पाको निर्देशनमा तयार भएको सिनेमा ‘मिरमिरे’को दुईवटा पोस्टर सार्वजनिक भएका छन्।

जसका सिनेमाका मुख्य कलाकार फिचर्ड छन्। दयाहाङ राई र एक बाल कलाकार तथा प्रकाश सपूत र सिर्जना निङ्लेखु पोस्टरमा फिचर्ड छन्। पहिलो पोस्टरमा दयाहाङ राई र शाइसा गौचन छन्।

मधुरो प्रकाश र पहाडको पृष्ठभूमिमा दयाहाङ र शाइसा छन्। उनीहरू बाउ र छोरीजस्तो रहेको देखिन्छ। दुवै केही तनावमा छन्। कसैको पर्खाई वा वियोगमा रहेजस्तो देखिएको छ। दयाहाङले छोरीप्रति आमाको जिम्मेवारी पनि निभाइरहेको संकेत पोस्टरमा देखिन्छ।

दोस्रो पोस्टरमा प्रकाश र सिर्जना छन्। प्रकाश विद्यार्थी र सिर्जना शिक्षिकाको भेषमा छन्। मन्द मुस्कानमा सिर्जना र मजाको हाँसोसहित प्रकाश देखिएका छन्। यी दुईबीच शिक्षक र विद्यार्थीको मात्रै सम्बन्ध हो वा प्रेमिप्रेमिका नै हुन् निर्माणपक्षले प्रष्ट पारेको छैन्। उमेर हेर्दा भने प्रकाश सिर्जनाकै विद्यार्थी हुन् जस्तो देखिँदैन्।

यार्सा फिल्म्सको प्रस्तुति रहेको सिनेमाको मुख्य भूमिकामा दयाहाङ राई, प्रकाश सपूत र सिर्जना निङलेखु छन्। अन्य कलाकारमा माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटालगायत छन्। सिनेमाको बाल–कलाकारमा शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल छन्।

दयाहाङ र प्रकाशको यो पहिलो सहकार्य हो। यमले भने दयाहाङसँग दोस्रोपटक सहकार्य गरेका हुन्। यसअघि उनको पहिलो निर्देशन रहेको ‘कार्साङ’मा पनि दयाहाङ मुख्य भूमिकामा थिए।

‘मिरमिरे’को निर्देशन सँगै स्टोरी पनि यम स्वयंले लेखेका छन्। आलोक शुक्लाले खिचेको यस सिनेमामा निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेका छन्। सह–निर्मातामा गोविन्द बोहरा, सुदिप कुँवर छन्। यो सिनेमाको कार्यकारी निर्मातामा आरआर फिल्मसका सञ्चालक तथा वितरक रोहित कट्टेल रहेका छन्।

वीरेन्द्र शाही लाइन प्रोड्युसर रहेको यस सिनेमामा सुदिप कुँवर मुख्य सहायक निर्देशक, सञ्जु थलाङ लिम्बु मेकअप र दिलीप पन्त निर्माण नियन्त्रक रहेका छन्। सिनेमा आगामी माघ १ गतेबाट अलनेपाल रिलिज हुँदै छ।

Cinemax Hub

/ सम्बन्धित समाचार /