The Cinemax Hub

जर्सिङ पौवामा फिल्म ‘परिवर्तन’गीत छायाँकन सम्पन्न,छमछमी नाँचे सुशील श्रेष्ठ र अञ्जना बराईली

Facebook
Twitter
WhatsApp

काठमाडौंः आगामी माघ १६ गतेबाट रिलिज हुने फिल्म ‘परिवर्तन’को धमाधम जर्सिङ पौवामा छायांकन सम्पन्न भएको छ। यसडी योगी र रेश्मा पुनको आवाजमा रहेको गीत पाकेको चिउरीको भिडियो सुटिङ भएको हो।

यस फिल्मको गीतमा फिल्ममा मुख्य अभिनेता सुशील श्रेष्ठ र अभिनेत्री अञ्जना बराईली नाचेका छन्। उनीहरुलाई नृत्य निर्देशक रामजी लामिछानेले नचाएका छन् भने क्यामेरामेन शिव ढकालले खिचेका छन्। छायांकन भइरहेको गीतलाई मौसम अर्यालले लेखेका हुन् भने संगीत गायक यसडी योगीकै रहेको छ।

दिब्यासी फिल्म्सको ब्यानरमा निर्माण भएको यो फिल्ममा अभिनेता सुशील श्रेष्ठ,अभिनेत्री अञ्जना बराईलीका अलवा सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी,सुवास मेचेको मुख्य भुमिका रहेको छ। एक्सन–सस्पेन्स विधामा निर्माण गरिएको यस फिल्मलाई विजय केरूङले निर्देशन गरेका छन्। दीपक सिवाकोटीको कथा तथा निर्माण रहेको फिल्मको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन्।बन्दे प्रसादको सम्पादन,रामजी लामिछानेको कोरियोग्राफी,एसडी योगीको संगीत रहने यो फिल्ममा द्धन्द्ध निर्देशन श्री श्रेष्ठको छ।

Kumar Acharya

/ ताजा अपडेट /

/ सम्बन्धित समाचार /