The Cinemax Hub

हल रिलिजपछि ‘एमएसएम भिडियो’प्लेटफर्मबाट रिलिज हुँदै ‘पीआर’

Facebook
Twitter
WhatsApp

काठमाडौं । गत मंसिर २६ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘पिआर’अब ओटीटी डिजिटल प्लेटफर्म ‘एमएसएम भिडियो’मार्फत प्रसारण हुनेभएको छ। बिहिबार फिल्मका निर्देशक शोभित बस्नेत र एमएसएम भिडियोका प्रतिनिधीबीच कागजी सम्झौता भएको हो। निर्देशक बस्नेतका अनुसार पुस १० गतेबाट ओटीटीमार्फत प्रसारण हुन लागेको हो।

निर्देशक बस्नेतले हलमा लागेपछि हलमा हेर्न नपाएका दर्शकका लागि डिजिटल प्लेटफर्ममार्फत सुविधा प्रदान गरिएको हो। ‘सबै ठाउँमा फिल्म हल छैन। कतिपयले फिल्म हल नभएपछि हेर्न नपाएको गुनासो गरिरहनुभएको थियो,’निर्देशक बस्नेतले भने,‘सोही अनुसार हामीले डिजिटल प्लेटफर्म एमएसएम भिडियोमार्फत फिल्म प्रसारण गर्न लागेका हौँ।’

पछिल्लो समय डिजिटल प्लेटफर्म ‘एसएमएस भिडियो’मार्फत फिल्म हेर्ने दर्शक बढिरहेका छन्। यसअघि पनि थुप्रै नेपाली फिल्म रिलिज भइसकेका छन्।
फिल्मको प्रिमियर तथ हलमा प्रदर्शन हुँदा यो फिल्मलाई असाध्यै रुचाइएको थियो। फिल्म प्रिमियरका समयमा चलचित्र विकास बोर्डका अध्यक्ष्य दिनेश डीसी,सफल निर्देशक दीपाश्री निरौला, गौरी मल्ल, रेजिना उप्रेती, करिश्मा केसी, दीपक आचार्य काकु, रेखा थापा, जयकिशन बस्नेत, सविन श्रेष्ठ, निर्मल शर्मा,सलिनमान बनियाँ,प्रभात पाल,गायिका देविका बन्दना लगायतले फिल्मको प्रशंसा गरेका थिए।

नेपालबाट अस्ट्रेलिया पुगेका युवाहरुको समपना स्थायी आवासीय पत्र ९पीआर०प्राप्त गर्नको लागि गर्ने संघर्षको कथालाई फिल्मले बोल्छ। यस फिल्मको अधिकांश सुटिङ अष्ट्रेलियामा गरिएको छ। निर्देशक शोभित बस्नेतले अस्ट्रेलिया र नेपाल सुटिङ गरेको यो फिल्मले नेपालमा रहेका बुबा र आफन्तले हेरेपछि विदेश पुगेका आफ्ना सन्तानको अवस्थालाई मनन् गर्न बाध्य पार्ने बताए।

सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको यस फिल्ममा आरए सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी,आश्मा अधिकारी मस्तानी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स बाबू , कृष्ण थापा नवीन घायल प्रमुख भूमिकामा छन्। विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का,उत्तम के।सी।नेपाल, र दिक्पाल कार्कीलाई पनि देख्न सकिन्छ।

यस फिल्मको प्रस्तुति रञ्जित साह र सन्तोष तिवारीको छ भने लक्ष्मण सापकोटा र प्रदीप दाहालले लगानी गरेका छन्। बन्दे प्रसादको सम्पादन रहेको छ भने गणेश बुढाथोकीको लेखन रहेको छ।सौरभ सायमी र सौरभ लामाले फिल्मको छायांकन गरेका छन्। साथै वितरण आर आर फिल्म्सले गर्दैछ।

Kumar Acharya

/ सम्बन्धित समाचार /