The Cinemax Hub

आशिर्वाद र एलिनाले ल्याए  “मोहनी लगायो कान्छीले” 

Facebook
Twitter
WhatsApp

गायक आशिर्वाद सुवेदी र लोकप्रिय गायिका एलिना चौहानको सुमधुर स्वरमा सजिएको गीत ूमोहनी लगायो कान्छीलेू सार्वजनिक भएको छ । गीतका शब्द तथा संगीत बसन्त सापकोटाले तयार गरेका हुन् भने संगीत संयोजन उदयराज पौडेलको रहेको छ । प्रेमभाव र आकर्षणको भावनालाई समेटिएको गीतमा आधुनिक संगीत संयोजनले थप मिठास दिएको छ ।

म्युजिक भिडियोमा आश्मा विश्वकर्मा र प्रभात पाल ठाकुरीको रोमान्टिक अभिनय देख्न सकिन्छ । भिडियो निर्देशन हरि हुमागाईंले गरेका हुन् । छायांकन उत्तम हुमागाईंको रहेको छ भने डिओपी तथा सम्पादन पनि हरि हुमागाईं स्वयंले गरेका छन् ।

रोमान्टिक भावनालाई केन्द्रमा राखेर तयार पारिएको “मोहनी लगायो कान्छीलेू ले समकालीन नेपाली संगीतप्रेमीबीच राम्रो प्रतिक्रिया पाइरहेको निर्माण टिमले जनाएको छ । म्युजिक भिडियोलाई गायक सुवेदीको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।

Kumar Acharya

/ सम्बन्धित समाचार /