The Cinemax Hub

‘ए मेरो हजुर ४’को बक्सअफिसमा ४ करोड ग्रस कलेक्सन

Facebook
Twitter
WhatsApp

बैशाख १ गतेबाट नयाँ बर्षमा प्रदर्शन भएको झरना थापा निर्देशित सिनेमा ‘ए मेरो हजुर ४’ले प्रदर्शनको पहिलो हप्ता बम्पर कमाई गरेको छ । प्रदर्शनको तीन दिनमा २ करोड ४३ लाख कमाएको सिनेमाले एक हप्तामा ४ करोड १ लाख ग्रस कलेक्सन गरेको छ । बिहीवार निर्माण टिमले एक पोस्टरमार्फत् सिनेमाको एकहप्ते कलेक्सन रिपोर्ट सार्वजनिक गरेको हो ।

सिनेमाले बक्सअफिसमा दक्षिण भारतीय सिनेमा ‘केजीएफ २’को चेपुवामा परेको थियो । जसका बावजुद पनि सिनेमाले सवैजसो मल्टीप्लेक्समा राम्रो पाएको थियो । यस्तै केही सिनेमा हलले सिनेमा हाउसफूल चल्दा समेत शो बढाउनुको साटो उल्टो घटाएका थिए । यस्तो अवस्थामा समेत सिनेमाले पहिलो हप्ता ४ करोड ग्रस कमाई गर्नुलाई बम्पर मानिएको छ । । आज बिहीवारबाट सिनेमा दोस्रो हप्तामा प्रवेश गरेको छ ।

निर्माता सुनील कुमार थापाले नेपाली नयाँ वर्ष विदेशी सिनेमालाई टीका लगाएर नदिने भन्दै बैशाख १ गते नै सिनेमा रिलिज गरेका हुन् । आफ्नो करोडौंको लगानीमाथि उनले मोलेको जोखिम सफल भएको सिनेमाकर्मीले बताएका छन् । आगामी दिनमा राम्रो सिनेमा निर्माण गरेको खण्डमा कुनैपनि विदेशी सिनेमासँग डराउनु नपर्ने अवस्था ए मेरो हजर ४ ले स्थापित गरेको सिनेमाकर्मीको बुझाई छ । दोस्रो हप्तामा पनि सिनेमाको कमाई राम्रो हुनेमा निर्माता थापा विश्वस्त छन् । दोस्रो हप्तामा पनि सिनेमाले राम्रो शो आफ्नो पोल्टामा पारेको छ ।

लभस्टोरी जनरामा निर्माण भएको सिनेमामा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत, रवि गिरी, सरोज खनाल, लुनिभा तुलाधर, रक्षा गौतम, रेअर राई लगायतको अभिनय रहेको छ । मित्र डि गुरुङको सम्पादन, रामजी लामिछाने र कविराज गहतराजको कोरियोग्राफी, शैलेश श्रेष्ठको ब्याकग्राउन्ड स्कोर र हिमाल केसीको द्वन्द्व निर्देशन रहेको सिनेमाको कथा झरना थापा र स्वं। छेतन गुरुङले मिलेर लेखेका हुन् ।

Cinemax Hub

/ सम्बन्धित समाचार /