The Cinemax Hub

बक्सअफिसमा ‘कबड्डी ४’को रेकर्ड ब्रेक, २ दिनमा ६ करोड कलेक्सन

Facebook
Twitter
WhatsApp

शुक्रवारबाट प्रदर्शनमा आएको सिनेमा ‘कबड्डी ४ : द फाइनल म्याच’ले घरेलु बक्सअफिसमा रेकर्ड ब्रेक ब्यापार गरेको छ । मल्टीप्लेक्समा सर्वाधिक शोज पाउँदै प्रदर्शन अगावै ठूलो रेकर्ड बनाएको सिनेमाले दुई दिनमा कीर्तिमानी कमाई गरेको हो । शुक्रवार र शनिवार सवैतिर हाउसफुलको व्यापार गरेको सिनेमाले दुई दिनमा ६ करोडको आँकडा छोएको वितरक गोविन्द शाहीले बताए ।

उनले भने, ‘सिनेमाको दुई दिने कमाई ६ करोड पुगेको छ । यो कीर्तिमानी कमाई हो । आजसम्म कुनै नेपाली सिनेमाले यति धेरै व्यापार गरेको रेकर्ड छैन । शुक्रवार र शनिवार देशभरका मल्टीप्लेक्स र सिंगल थिएटरमा सिनेमा हर्ने दर्शक उर्लिएका थिए । शनिवार सार्वजनिक विदा भएकाले शुक्रवारको तुलनामा व्यापार केही माथि छ । काठमाडौं र मोफसलको व्यापारमा पनि खासै ठूलो अन्तर छैन ।’

‘कबड्डी ४’ले प्रदर्शनको पहिलो हप्तामा १० करोड ब्यापार गर्ने अनुमान निर्देशक रामबाबु गुरुङको छ । वितरकले दिएको रिर्पोट र सिनेमाको माउथ पब्लिसिटी बलियो भएकाले आइतवार पनि देशभर सिनेमा हेर्ने दर्शकको उपस्थिति उल्लेख्य रहेको निर्देशक गुरुङले बताए । सिनेमाको ब्रान्ड सिरिज, बलियो स्टारकास्ट, राम्रो प्रचार, ट्रेलर र गीतले बढाएको हाइपले गर्दा सिनेमाले इनिसियल व्यापारमा रेकर्ड बनाएको उनको बुझाई छ ।

रामबाबु गुरुङ निर्देशित सिनेमामा बुद्धि तामाङ, विजय बराल, गौमाया यात्री, पुष्कर गुरुङ, कमलमणी नेपाल, कविता आले, स्वर्गीय जयनन्द लामा, प्रकाश घिमिरे, कमलमणी नेपाललगायतको पनि अभिनय रहेको छ । सिनेमाको कथा निर्देशक रामबाबु गुरुङ र उपेन्द्र सुब्बाले मिलेर लेखेका हुन् ।

Cinemax Hub

/ सम्बन्धित समाचार /