The Cinemax Hub

फिल्म ‘महापुरुष’को पहिलो गीत सार्वजनिक

Facebook
Twitter
WhatsApp

कात्तिक ११ गतेबाट प्रदर्शनमा आउन लागेको प्रदीप भट्टराई निर्देशित फिल्म ‘महापुरुष’को पहिलो गीत सार्वजनिक भएको छ । शनिवार बुबाको मुख हेर्ने दिनको अवसर पारेर सार्वजनिक गरिएको ‘बा’ बोलको गीतमा कवि नवराज पराजुलीको शब्द र ऋदम कँडेलको स्वर तथा संगीत छ । फिल्मको चल/अचल दृश्यहरु समावेश गीतमा सन्तान र पिताबीचको सम्बन्धलाई देखाइएको छ ।

फिल्ममा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, अन्जना बराइली, रविन्द्र सिंह बानियाँ, राजाराम पौडेल, शिरु विष्ट, शिखा तामाङ, कोपिला थापा, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डेलगायतको अभिनय रहेको छ । यो फिल्मबाट अरुण क्षेत्रीले अभिनेताको रुपमा डेब्यू गरेका छन् । फिल्ममा उनले हरिवंशको छोराको भूमिका निर्वाह गरेका छन् ।

षट्कोण आर्ट्सको ब्यानरमा निर्मित फिल्ममा कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँ हुन् भने निर्माताको रुपमा दिपेश खत्री छन् । फिल्ममा दीपक बज्राचार्यको छायांकन र मित्र डि. गुरुङको सम्पादन छ । फिल्मको लेखन निर्देशक प्रदीप भट्टराई स्वयंको हो । ‘शत्रुगते’पछि उनको महजोडीसँग सहकार्य भएको हो । समाजले मान्छेलाई महान् बनाउने स्थितिप्रति फिल्मले व्यंग्य कसेको छ ।

/ सम्बन्धित समाचार /