सामाजिक परिवेशमा निर्माण गरिएको तामाङ कथानक चलचित्र दार्बुङ हेटौडामा उत्साहजनक रुपमा प्रदर्शन सम्पन्न भएको छ ।
गत भदौ ११ गते दर्शकहरुको बाक्लो उपस्थितिको बीचमा हेटौडा स्थित ओम्याक्स हलमा एक कार्यक्रम गर्दै प्रदर्शन गरिएको थियो । यस कार्यक्रममा विभिन्न क्षेत्रमा आवद्ध व्यक्तित्वहरुलाई सम्मान समेत गरेको थियो । स्व. जयनन्द लामाको पनि मुख्य अभिनय रहेकोले यस कार्यक्रमबाट लामालाई अभिनन्दन पत्र समेत प्रदान गरिएको थियो । समुदायमा एउटा अशक्त किशोरले भोग्नु परेको व्यथा, गरिबी परिवारले भोग्नु परेको तिरस्कार, समाजमा गरिने विभेदलाई गाग्री अथवा माटोको घैँटोलाई नाम दिँदै कथा वस्तु समेटिएको यस चलचित्रले दर्शकहरुको मन जित्न भने सफल भएको छ ।

यस चलचित्र हेर्नका निमित्त पूरै सीट दर्शकले भरिएको थियो । चलचित्र हेर्ने क्रममा बीच बीचमा दर्शकको ताली, हाई हाई र सुसेली बजाउँदै झनै चलचित्र हेर्नको निमित्त थप उत्साहित बनाएको थियो । कतै कतै दर्शकहरु सुँक्क सुँक्क गर्दै आँसु पुछिएको पनि देख्न सकिन्थ्यो । अन्तिममा चलचित्रले भने आँसुलाई खुसीमा परिणत गराउन सफल भएको छ । चलचित्र उत्कृष्ट भएको र अतिनै राम्रो बनेकोमा दर्शकहरुले निर्माण टोलीकै अगाडि बधाई र खुसी व्यक्त गरेका थिए । चलचित्रमा सुनिता लुङबा र हुत्त सन्जय लामाको मौलिक भूमिकाले पूरै पर्दा ओगटेको थियो ।
मकवानपुर तामाङ कलाकार संघको आयोजनामा सम्पन्न भएको यस कार्यक्रम मकवानपुर गढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङतानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रमममा बोल्दै प्रमुख अतिथि स्याङतानले भने, जयनन्द लामाले चलचचित्रको क्षेत्रमा अतुलनिय योगदान गरेकोले हाम्रो प्रेरणाको स्रोत रहेको बताए ।

त्यसैगरी यो चलचित्र यही भदौ १८ गते शनिवारको दिन सिन्धुलीको घ्याङलेख गाउँपालिका वडा नं ३ कोलटारमा पनि विशेष प्रदर्शन हुने भएको छ । कोल्टारको सभागृह हलमा प्रदर्शन हुन गइरहेको घ्याङलेखकै पहिलो सो दिउसो १ बजे सुरु हुने बिर्ख वाईबा तामाङ ले सुचित गरिएको
छ । यसै चलचित्रमा अभिनय गरेकी सृजना गोले र त्यहाँका स्थानिय युवाहरुको नेतृत्वमा चलचित्र प्रदर्शन हुन लागिएको हो
हुत्त सञ्जय र अर्जुन खड्का द्वारा निर्देशित चलचित्र ‘दार्बुङ’ लाई सुरज श्रेष्ठले द्धन्द निर्देशन, अर्जुन खड्काले सम्पादन, दिपक तामाङले मिक्सिङ, प्रज्वल राउतले छायांकन, कर्साङ लामाले पार्श्व संगीत गरेका छन् । निरमाया घिङिको कथा, लोसाङ लामा र इकेस लामाको संयुक्त निर्माणमा बनेको उक्त चलचत्रिलाई पर्खाई मोक्तानले सह नर्मिाण गरेका हुन । चलचित्र ‘दार्बुङ’ स्व। जयनन्द लामाको अन्तिम तामाङ चलचित्र समेत हुन ।
त्यसैगरी मान बहादुर तामाङ, करेशा वाइवा, सुस्मिता तामाङ, राम तामाङ, सुनमाया तामाङ सीर्जना गोले, डोल्मो ह्योल्मो, पेमा योञ्जन तामाङ, दिपेश लामा, रुदेन माझी, हरिन माझी ,क्रीष्टल मगर, मायादेवी मोक्तान, भुईसाल लामा, राजकुमार तामाङ, इन्द्रबहादुर स्याङतान, दोर्जे मोक्तान लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ । चलचित्रमा समावेश गरेको गीतलाई सम्झना लामा र बुद्ध ब्लोन तामाङले लेखेका हुन भने कर्साङ लामाको संगीत रहेको छ भने बबिता पाख्रिन, पुजा लामा, आकाश ब्लोन, कार्साङ लामाको आवाज रहेको छ ।