पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोप्देनको मुख्य भूमिका रहेको फिल्म ‘सम्हालिन्छ कहिले मन’लाई सबै खाले दर्शकले हेर्न पाउने भएका छन् ।
भदौ १७ देखि प्रदर्शनमा आउने फिल्मलाई सेन्सर बोर्डले युनिभर्सल सर्टिफिकेट प्रदान गरेको छ । सिनेमाले ‘यु’ सर्टिफिकेट पाएपछि निर्देशक सुदर्शन थापाले खुसि व्यक्त गरेका छन् ।
‘सिनेमा स-परिवार मिलेर हेर्न मिल्ने खालको छ । बच्चादेखि बृद्धहरुले पनि सहज रुपमा फिल्म बुझ्न सक्छन । यो एउटा मनोरंजनको प्याकेज हो ।’ निर्देशक थापाले भने
।फिल्ममा पूजा, आकाश र सोनमका अलवामा सिनेमा गौरी मल्ल, सरोज खनाल, धिरेन शाक्यको पनि मुख्य भूमिका छ ।
संजय लामाले खिचेको सिनेमामा अर्जुन पोखरेल/ताराप्रकाश लिम्बु/जेम्स प्रधानको संगीत, कविराज गहतराजको कोरियोग्राफी र अर्जुन जिसीको सम्पादन छ ।
एबी इन्टरनेशनलको प्रस्तुति रहेको सिनेमामा अमित बस्नेत, अजित केआर थापा र परी रानाको लगानी छ ।

फिल्म ‘सम्हालिन्छ कहिले मन’लाई सबै खाले दर्शकले हेर्न पाउने

Cinemax Hub
- भदौ १४, २०७९
Facebook
Twitter
WhatsApp



/ ताजा अपडेट /
-
नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी
-
फिल्म हुक्का ‘एन एब्सर्ड ड्रिम’ आगामी नयाँवर्षको जेठ १२ गते रिलिज हुने
-
सिनेमा ‘पशुपति प्रसाद २ : भष्मे डन’को शुभमुहूर्त गरिएको छ
-
सिनेमा ‘जय हो’ को बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच औपचारिक रुपमा निर्माण घोषणा
-
गायक रवी ओड स्वर रहेको गीत 'ओई मेरी रामप्यारी'को भिडियो रिलिज
-
फिल्म ‘प्रेमा’को वियोगान्त भावको गीत ‘फूल यो चुँडेर’ सार्वजनिक
-
सिनेमा ए साथी सुनको थ्रिलर टिजर सार्वजनिक
