The Cinemax Hub

फिल्म ‘दुई नम्बरी’को पहिलो गीत ‘झलल आयो तिम्रो याद’ रिलिज

Facebook
Twitter
WhatsApp

फिल्म ‘दुई नम्बरी’को पहिलो गीत ‘झलल आयो तिम्रो याद’ रिलिज भएको छ । रोमान्टिक गीतमा जयन वाइबाको संगीत रहेको छ । गायक गायिकामा मेलिना राई र जयन वाइबाको स्वर रहेको छ। । रामजी लामिछानेको नृत्य निर्देशन रहेको गीतमा सौगात मल्ल र उपासनासिंह ठकुरीको अभिनय रहेको छ ।

किरण नेपालीको प्रस्तुति र दीपेन्द्र लामाले निर्देशन गरेको फिल्म दुई नम्बरी आगामी असोज २१ गते रिलिज हुदै छ। फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, उगेन छोदेन, बुद्धि तामाङ लगायतको अभिनय रहेको छ ।

सरोज नेपाली कार्यकारी निर्माता रहेकोफिल्ममा सुशन प्रजापतिको छायाँकन रहेछ फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेको छ्न । रेड बर्ड प्रोडक्सनको व्यानरमा निर्मित फिल्ममा दीपक मनाङ्गे(राजीव गुरुङ), अमलादेवी राई, जयस श्रेष्ठले लगानी गरेका हुन । फिल्ममा मिठु तामाङ सहनिर्माता रहेकी छिन र बुढासुब्बा डिजिटल मार्फत गीत सार्वजनिक गरिएको छ ।

Cinemax Hub

/ सम्बन्धित समाचार /