The Cinemax Hub

आज बाट फिल्म ‘सम्हालिन्छ कहिले मन’ र ‘झिङ्गे दाउ’ प्रदर्शनमा

Facebook
Twitter
WhatsApp

फ्राइडे रिलिज अन्तर्गत यो शुक्रबार आज बाट फिल्म ‘सम्हालिन्छ कहिले मन’ र ‘झिङ्गे दाउ’ प्रदर्शनमा आएको छ । निर्देशक ज्ञानेन्द्र देउजाले निर्देशन गरेको फिल्म झिंगेदाउमा कलाकार केकी अधिकारी ,आँचल शर्मा , मुकुन भुसाल , कुसल बिष्ट , हिउँवाला गौतम , संगम भन्डारी , अभय बराल, बिजय देउजा ,अंशु महर्जन लगाएतको अभिनय रहेको फिल्मलाई प्रदिप भारद्धजको लेखन रहेको छ।

ग्रामीण परिबेश र एउटा परिवारमा कति सानो कुराले मनमुटाव ल्याउँछ र दाजुभाई र परिवारको बीचमा फाटोआउँछ भन्ने बिषयवस्तु झिंगेदाउमा रहेको छ।
फिल्म ‘सम्हालिन्छ कहिले मन’’मा पूजा शर्मा, आकाश श्रेष्ठ, सोनम तोप्देन ,सरोज खनाल, गौरी मल्ल र धिरेन शाक्यलगायतका कलाकारको अभिनय छ ।फिल्ममा समावेश ‘जरुरी कुरा छ’ गीत चार्टबस्टरमा हिट भैसकेको छ ।

एबी इन्टरनेशनलको प्रस्तुति रहेको फिल्ममा अमित बस्नेत, अजित केआर थापा र परी रानाको लगानी रहेको छ। सौरभ लामाले खिचेको फिल्ममा अर्जुन पोखरेल/ताराप्रकाश लिम्बु/जेम्स प्रधानको संगीत, कविराज गहतराजको कोरियोग्राफी र अर्जुन जिसीको सम्पादन गरेका हुन

/ सम्बन्धित समाचार /