The Cinemax Hub

अनिल गुरुङको नयाँ गित ‘म हु साइको’ सार्वजानिक

Facebook
Twitter
WhatsApp

नेपाली गीत संगीत क्षेत्रमा अलि फरक धारको अनि फरक शैलीको गीत संगीत तथा भिडियो आउनु पर्छ नया शैलीको सिर्जना निर्माण गर्नु पर्ने धारण राखेका व्यक्ति हुन् पत्रकार तथा कलाकार अनिल गुरुङ्ग हुन्। जसले भर्खर मात्र सार्वजनिक गरेका गीत ‘म हु साइको ‘हेर्दा अनुमान लगाउन सकिन्छ।

सधै दाल भात तरकारी खाइरहेको दर्शकहरुको लागी अर्घ्यानिक लोकल ढिडो खानु पर्छ र नया स्वाद दिने सोचले नेपालमै पहिलो पटक नया धारको रुपले प्रस्तुत गरेका छन। तर सार्वजनिक भएको २४ घण्टा नबित्दै ‘म हु साइको’ का कलाकार तथा पत्रकार अनिल गुरुङ्ग माथी चोरीको आरोप लागेको छ भने ‘म हु साइको’ लाइ विभिन्न माध्यम बाट प्रतिक्रयहरु आउन थालेको छ। उक्त गीत तथा भिडियोमा के कसो को संग मेल खाको छ त्यो भने अहिले खुल्नमा आको छैन भने गीत तथा भिडियोलाई निकै रुचाएको देखिन्छ भने उक्त गीतमा शब्द संगीत तथा आवाज पत्रकार अनिल गुरुङ्गको रहेको छ भने उमेश गुरुङ्ग्को निर्देशनमा निर्माण भएको भिडियोमा अनिल गुरुङ्ग सनागी शुस्मिता श्रेष्ठ र रुपा लामाले नित्य तथा अभिनय गरेका छन्।

‘म हु साइको’ लाई पवन शुस्लिङ्गको छायाकन गरेका छन् भने भिडियो सम्पादनको जिम्मा भने मिलन बिकको रहेको छ। उक्त भिडियो तथा गीतको चर्चा परिचर्चा संगै विवादमा पनि तानिन थालेको छ भने उक्त गीत तथा भिडियोको भबिस्य के हुने हो त्यो भने आगामी दिनहरुमा हेर्न बाकि छ।

/ सम्बन्धित समाचार /