The Cinemax Hub

शुक्रबारदेखि प्रदर्शनमा आएको सिनेमा ‘झिँगेदाउ’ले बक्सअफिसमा राम्रो सुरुवात

Facebook
Twitter
WhatsApp

शुक्रबारदेखि प्रदर्शनमा आएको सिनेमा ‘झिँगेदाउ’ले बक्सअफिसमा राम्रो सुरुवात गरेको छ । शुक्रबारको दर्शक उपस्थिति र प्राप्त प्रतिक्रियाले शनिबार सिनेमाले उत्साहजनक व्यापार गर्ने अपेक्षा गरिएको छ ।

पहिलो दिन केहि हलमा सिनेमाका कलाकार केकी अधिकारी, आँचल शर्मा, मुकुन भुषाल, कुशल विष्ट र निर्देशक ज्ञानेन्द्र देउजासहितको टिम दर्शक प्रतिक्रिया लिन पुगेको थियो ।

हलबाट अधिकांस दर्शक रुँदै निस्किएका थिए । अधिकांसले सिनेमा एकदमै राम्रो बनेको प्रतिक्रिया दिएका छन् । विशेषगरि सिनेमाको कथा, कलाकारको अभिनयको तारिफ गरे । यो सिनेमालाई दर्शकले मनोरंजनको फुल डोज भनेका छन् । प्रिमियरमा मौलिक सिनेमाको ट्याग पाएको ‘झिँगेदाउ’लाई दर्शकले पनि मौलिक भनेका छन् ।

हल पुगेकी अभिनेत्री केकी अधिकारीले दर्शकले दिएको प्रतिक्रिया नै रियल प्रतिक्रिया रहेको बताइन । ‘दर्शकको प्रतिक्रियाले एकदमै खुसि छु । यसलाई चाहि म रियल प्रतिक्रिया भन्न चाहन्छु । प्रिमियरमा सिनेमा हेरेका सिनेकर्मीहरुले बिभिन्न कोणबाट बुझेर प्रतिक्रिया दिनु भएको थियो । आजको प्रतिक्रियाले दर्शकले सिनेमा कुन रुपमा लिनु भयो भन्ने कुरा पुष्टि गर्छ । दर्शकको यो भिड र उत्साहले खुसि मिलेको छ ।’ केकीले भनिन् ।

अर्की अभिनेत्री आँचल शर्माले जतिपनि सिनेमा हेरेका दर्शकबाट उत्कृष्ट प्रतिक्रिया प्राप्त गरेको बताइन । ‘जतिले पनि हेरेर निस्कनु भएको छ । सबैले राम्रो भन्नु भएको छ । कति दर्शक रुँदै बाहिर निस्कनु भएको छ । सिनेमाले हाँस्दा हाँस्दै रुवाउने रहेछ भन्ने खालको प्रतिक्रिया दिनु भएको छ । एकदमै खुसि छ । भोलिदेखि अझ राम्रो दर्शकको उपस्थिति हुने अपेक्षा लिएका छौँ । आँचल खुसि हुँदै भनिन् ।

ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको सिनेमा भीमनिधि तिवारीको कृति ‘झिँगेदाउ’मा आधारित छ । प्रदीप भारद्वाजको लेखन रहेको सिनेमामा केकी, आँचल, मुकुन र कुशलसंगै हिँउवाला गौतम, संगम भण्डारी, विजय देउजा, आर्यन खड्का, अभयराज बराल, आशा भुषाललगायतको पनि अभिनय रहेको छ ।

कपनगडी सिनेमा र फिल्म क्रियु नेपालको व्यानरमा निर्मित सिनेमाले दुई दाजुभाई र देउरानी जेठानीको पारिवारिक झमेलाको कथा भन्छ । निर्देशक देउजाले यसलाइ सपरिवार हेर्न मिल्ने सिनेमा भनेका छन् ।

सिनेमामा अर्जुन पोखरेलको संगीत, विष्णु घिमिरेको छायांकन, रोशन श्रेष्ठको एक्सन र मित्रदेव गुरुङको सम्पादन छ । सुलभ प्रतिक देउजा र समिक्षा देउजाले निर्माण गरेको सिनेमामा सुशील दाहाल र इश्वर घिमिरेको सहनिर्माण छ ।

Cinemax Hub

/ सम्बन्धित समाचार /