अमेरिकामा रहेर पनि नेपाली गीत अनि सङ्गीतको सिर्जनामा रमाउनु हुने डाक्टर नवराज प्रधानको गीत “इलामको सम्झना ” यही आइतबार बुढा सुब्बा डिजिटलबाट सार्वजनिक गरिएको छ। हाललाई लिरीकल भिडियोको रुपमा सार्वजनिक गरिएको उक्त गीतको चाँडै नै म्युजिक भिडियो बनाउन लागेको गायकले जानकारी दिए ।
जीवनको उकाली ओरालीलाई नै आफ्नो गीतको आधार मान्ने डाक्टर नवराज प्रधान जल संसाधन ईन्जिनियरिङ्को बिग्य हुन्।