चलचित्र विकास बोर्डको अध्यक्ष बनेको झन्डै दुइ महिना बितिसक्दा पनि भुवन केसीले उल्लेख काम गर्न सकेका छैनन् । उनी अहिले फिल्म प्रदर्शनको लफडाका कारण बरु गाली मात्रै खाइरहेका छन् ।
गत भदौ १० गते प्रदर्शनमा आएको फिल्म ‘प्रकाश’का अभिनेतालाई लडाउनका लागि भुवनले राजनिति खेलेको आरोप समेत लागेको थियो । यो फिल्मले मल्टीप्लेक्सहरुमा कम शो पाएपछि आक्रोशित बनेका अभिनेता प्रदीप खड्काले बोर्ड अध्यक्ष भुवन केसी रिस पोखे ।
चलचित्र विकास बोर्डले गरेको सम्मानमा समेत नपुगेका प्रदीप खड्का र बोर्डका अध्यक्ष केसीबीच आन्तरिक द्धन्द्ध नै चलेको थियो । भुवन केसी कै कारण ‘प्रकाश’ले कम शो पाएको भन्दै सामाजिक सञ्जालमा रोइलो बनेको थियो तर,यस बारेमा बोर्ड भुवनले केही प्रतिक्रिया जनाएका थिएनन् ।
मंगलबार काठमाडौँमा फिल्म ‘सायरा’लाई शुभकामना दिनेक्रममा बोर्ड अध्यक्ष केसीले नेपाली फिल्मलाई हल र शो नदिएको भनेर आफ्नो बदनाम गर्न खोजिएको भन्दै गुनासो पोखे । उनले आफ्नो बारेमा नकरात्मक हल्ला फैलाएर आफ्नो बदनाम गरिएको भन्दै आफ्नो बचाउमा लागे । नेपाली भन्दा हिन्दी फिल्मलाई बढि शो दिएको हलहरुलाई सम्झाउनको साटौ चुपचाप बसेका भुवन अहिले आफु निर्दोष रहेको र कुन हलमा कति शो लगाउने त्यो आफुभित्रको अधिकार नरहेको बताए ।
बोर्डको अधिकार नभए पनि पहल त गर्न सकिन्थ्यो होला नि भुवन जी । कि बोर्ड भन्या मन्त्रालय मात्रै धाउने ,हो । फिल्मका निर्माता मर्कामा भन्ने अनि परेका बेला भाग्ने त काम गर्नु भएन नि हौ भुवन जी ।