The Cinemax Hub

गायक कृष्ण सिंहको ‘तिमी को हौ’ मा सब्रिना र रोशन

Facebook
Twitter
WhatsApp

काठमाडौं, ०६ कार्तिक । गायक कृष्ण सिंहको ‘तिमी को हौं’ बोलको गीतको भिडियो सार्वजनीक गरिएको छ । बेलायतका बिभिन्न रमणीय स्थानमा खिचिएको भिडियोमा सब्रिना श्रेष्ठ र रोशन बस्नेत फिचर छन् । युके निवासी युवा निर्देशक प्रभु गुरुङले निर्देशन गरेको भिडियोमा युवकको युवतीप्रतिको प्रेमाभाव प्रस्तुत गरिएको छ ।

ध्रुव केसीको शब्द र सुनील राईको संगीत रहेको गीतको कोरियोग्राफी पनि निर्देशक प्रभु स्वयम्ले गरेका छन् । पछिल्लो समय उत्कृष्ट निर्देशकको थुप्रै अवार्ड जितिरहेका निर्देशक प्रभु बिदेशमा रहे तापनि गीतसंगीत तथा भिडियोका माध्यमबाट निरन्तर रुपमा कला क्षेत्रमा सक्रिय छन् । उनले यस गीतमा बिहेका लागि आमाले खोजेकी युवतीसँग युवकको कल्पना र यथार्थतालाई मिठासका साथ प्रस्तुत गरेका छन् । सुमन श्रेष्ठको छायांकन र सम्पादन रहेको भिडियोको कलर ग्रेडिङ नवीन निरौलाले गरेका हुन् । गायक सिंहकै युट्युव च्यानल कृष्ण सिंह अफिसियलमार्फत दर्शकमाझ पस्किएको गीतले सबैको मन जित्ने दावी निर्माण पक्षको छ ।

Cinemax Hub

/ सम्बन्धित समाचार /