The Cinemax Hub

रानी शाक्य सुरेश लामाको स्वर रहेको नयाँ गित ‘भन मेरो माया’ सार्वजनिक

Facebook
Twitter
WhatsApp

अमेरिकामा रहेर गायनमा सक्रिय छिन् गायिका रानी शाक्य । रानी शाक्यले निरन्तर गीतसंगीतमा योगदान दिइरहेकी छिन् । उनै, रानीले गायक सुरेश लामासँग मिलेर स्वर भरेको नयाँ गीत ‘भन मेरो माया’ आज उनकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत छ । यो गीतको भिडियोमा नायक पुष्प खड्का र नायिका पूजा शर्माले अभिनय गरेका छन् । भिडियोमा पुष्प र पुष्पलाई रोमान्टिक तरिकाले निर्देशक माइकल चन्दले प्रस्तुत गरेका छन् । माइकलले भिडियोमा दुई कलाकारको रोमान्स र डान्सलाई बढी प्राथमिकता दिएका छन् ।

उत्सव दाहालले छायांकन गरेको भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका हुन् । पुष्प र पूजाले आजसम्म चलचित्रमा त काम गरेका छैनन् । तर, यी दुइले भिडियोमा भने निरन्तर रुपमा काम गरिरहेका छन् ।

/ सम्बन्धित समाचार /