The Cinemax Hub

रामकृष्ण ढकाल र गायिका बेनिषा पौडेलको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक

Facebook
Twitter
WhatsApp

काठमाडौँ। गायक रामकृष्ण ढकाल र गायिका बेनिषा पौडेलको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। अभिनेता आकाश श्रेष्ठको जन्म दिनको अवसर पारेर सार्वजनिक गीतको भिडियोमा अनुषा अधिकारी र आकाशको जोडी बाँधिएको छ। गोबिन्द कँडेल आँशुको शब्द रचना तथा दिपक शर्माको संगीत रहेको छ।

सार्वजनिक ‘ए माया जुनकिरी’ बोलको गीतको भिडियोको निर्माता सुरज अधिकारी रहेका छन्। राजेन्द्र बजगाईंको संगीत संयोजन रहेको गीतको भिडियोको निर्देशन निकेश खड्काले गरेका हुन्। बुद्द थापाले छायांकन गरेको भिडियोको सम्पादन बिकाश धमलाले गरेका हुन्। गम्भीर बिस्टको कोरियोग्राफी रहेको भिडियो उत्कृस्ट बनेको छ। भिडियो रामकृष्ण ढकालको आफ्नै यु ट्युब च्यानल बाट सार्वजनिक गरिएको छ।

Cinemax Hub

/ सम्बन्धित समाचार /