The Cinemax Hub

प्रिति आलेको स्वरमा ‘प्रदेशको होइन केन्द्रकै सरकार ढल्छ’ बोलको गीतको भिडियो सार्वजनिक

Facebook
Twitter
WhatsApp

तारा सितारा प्रोडक्सन मार्फत प्रिति आलेको स्वरमा ‘प्रदेशको होइन केन्द्रकै सरकार ढल्छ’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा नृपेश उप्रेतीको शब्द रचना र विकास चौधरीको संगित रहेको छ । रोशन बान्तवाले संगीत संयोजन गरेको गीतको गोबिन्द सोनीले मिक्स तथा मास्टरिङ्ग गरेका छन्।

कृष्ण पौडेलले निर्देशन गरेको भिडियोमा इन्दु दनुवार,युवराज खत्री, टेक अधिकारी फिचर्ड छन् । भिडियोको छायाँकन सुजन श्रेष्ठले गरेका हुन् भने सम्पादन युवराज खत्रीले गरेका छन्। प्रविन थापाले कोरियोग्राफी गरेको डान्सिङ्ग नम्बरको भिडियो दोलालघाटमा छायाँकन गरिएको हो। भिडियो तारा सितारा प्रोडक्सनको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

/ सम्बन्धित समाचार /