The Cinemax Hub

‘नाङ्गो गाउँ’को ‘पहिलो नम्बर’ रिलिज, कर्मा र साम्राज्ञीको रोमान्स

Facebook
Twitter
WhatsApp

भदौको २९ गतेबाट रिलिज हुन लागेको प्रतिक्षित फिल्म ‘नाङ्गो गाउँ’मा समावेश पहिलो गीत ‘पहिलो नम्बर’ सार्वजनिक भएको छ ।

बुढासुब्बा डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक यो गीतमा किरण गजमेरको स्वर, राजेश अर्यालको शब्द र एसडी योगीको संगीत छ । यो गीतलाई एसडीले रोमान्टिक शैलीमा तयार पारेका छन् ।

रामजी लामिछानेको कोरियोग्राफीमा तयार भएको फिल्मको यो गीतको भिडियोमा आलोक शुक्लाको छायांकन छ ।

क्लब वर्क क्रियशन प्रा.लिको ब्यानरमा निर्माण भएको यो फिल्ममा जय श्रेष्ठको लगानी छ । रामहरि श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्मका प्रस्तुतकर्ता हिमाल शर्मा हुन् । फिल्मलाई दीपेन्द्र लामाले लेखन तथा निर्देशन गरेका हुन् ।

बनिष शाहको सम्पादन रहेको यो फिल्मको यो गीतमा नायक कर्मा र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह रोमान्टिक देखिएका छन् । फिल्ममा कर्मा र साम्राज्ञीको साथमा दयाहाङ राई, मिरुना मगर, शिशिर वाङ्देल, वुद्दि तामाङ, विशाल पहारी, राज थापा, कमलमणी नेपाल, अंकित खड्का, निमा पाण्डे, ज्ञानुभाई जोशी, पुष्कर गुरुङ, श्रद्धा गिरी, शिशिर तामाङ, केशव राई, सबिन बास्तोला, रामकाजी घिमिरे, गणेश प्रसाद पौडेल, शंकर आचार्य लगायतका कलाकारको अभिनय छ ।

यो फिल्मले राजनीतिका कारण नाङ्गिदै गएको गाउँको अवस्थालाई प्रस्तुत गरेको छ । यसअघि ‘घामपानी, गोपि, छ माया छपक्कै, २ नम्बरी’ लगायतका फिल्म निर्देशन गरेका निर्देशक लामाले यसपटक पनि सामाजिक परिवेशमा फिल्म बनाएका छन्।

/ सम्बन्धित समाचार /