The Cinemax Hub

परदेशीको कथा बोल्ने ‘परदेशी–२’को नयाँ गीत सार्वजनिक

Facebook
Twitter
WhatsApp

काठमाडौं । नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी–२’को नयाँ गीत सार्वजनिक गरिएको छ । बडादशैंको असवर पारेर असोज २६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रको ‘हिजो काम…’बोलको गीत सार्वजनिक गरिएको हो । निर्माण टिमले बुधवार बिहान सार्वजनिक गरेको यो गीतले परदेशीकै कथा वाचन गरेको छ ।
हिजो काम, आज काम
काम विदेशमा
काम भन्दा के नै छ र आमा विदेशमा
गीतलाई रचना गरेका हुन् सतिश चापागाईँले । चलचित्रका अभिनेतासमेत रहेका प्रशान्त तामाङले यसमा स्वर दिएका छन् । बि.बि अनुरागीको संगीत र एरेन्ज रहेको गीतलाई श्याम श्वेत रसाईलीले मिक्सिङ गरेका हुन् । केही मनछुने संवादसमेत गीतमा समावेश छन् ।

भिडियोमा चलचित्रका शीर्ष कलाकार प्रकाश सपूत र दीलिप रायमाझीसँगै रमा थपलिया लगायतलाई प्रस्तुत गरिएको छ ।

नारायण इन्टरनेसनलको प्रस्तुतिमा राजेश बंशल र नारायण रायमाझीको संयुक्त निर्माण रहेको ‘परदेशी–२’मा प्रकाश र दीलिपसँगै प्रशान्त तामाङ, केकी अधिकारी, वर्षा शिवाकोटी, नीर शाह, रमा थपलिया, सबिन बास्तोता, देवेन्द्र बब्लु लगायतको अभिनय छ । गीतकार रमेश बिजीको लेखन रहेको चलचित्रले उच्च शिक्षाका लागि विदेशिने विद्यार्थीहरुको कथा पेस गर्छ । अध्ययनसँगै अन्य परिवेशमा परदेश पुगेकाहरुको कथा–व्यथालाई समेत चलचित्रमा समेटिएको छ । मानकृष्ण महर्जनको छायांकन, अष्ट महर्जनको द्धन्द्ध, रामजी लामिछाने र गोविन्द राईको कोरियोग्राफी रहेको चलचित्रलाई दीर्घ खड्काले सम्पादन गरेका हुन् ।

Cinemax Hub

/ सम्बन्धित समाचार /