

काठमाडौं : रंगपत्रकार सुजन श्रेष्ठले नेपाल आइडल सिजन ५ मा विजेता करण परियारको गीतको भिडियोलाई निर्देशन गरेका छन्। गायक परियारकै शब्द, संगीतमा रहेको गीत ‘सम्झना’ सार्वजनिक गरिएको हो।
गीतको गायनमा करणलाई रोहित सुन्दासले साथ् दिएका छन्। आइडलको विजेता भएपछी करणले थुप्रै गीतमा स्वर भरेको भए पनि उनले पहिलो पटक आफ्नो सृजना सार्वजनिक गरेका हुन्। भिडियो सार्वजनिक गरेपछि करणले भने,‘अब लगातार आफ्नो युट्युबबाट आफ्नै सृजनाहरु सार्वजनिक गर्नेछु । केहि नयाँ तयारी पनि भैरहेको छ।’
गीतको भिडियोमा गायक करणका अलवा र रोहितले अभिनय गरेका छन्।भिडियोको डीओपी सुशान ठटाल हुन् भने भिडियोलाई पंकज महराले खिचेका हुन्। भिडियोमा सुशिल घिमिरेले सम्पादन र कलर रहेको छ।















