The Cinemax Hub

युटुबमा आयो उत्तमको फिल्म ‘जन्ती बाख्रो’ (भिडियो सहित)

Facebook
Twitter
WhatsApp

काठमाडौं : उत्तम केसी चुइँ चुइँ पारेरको प्रस्तुतीमा निर्माण भएको फिल्म ‘जन्तीबाख्रो’ युट्युबमा आएको छ। शुक्रबार निर्माण पक्षले फिल्मलाई युटुबमा अपलोड गरेको हो।
उत्तम केसीको कथा, सुवास गौतमको निर्देशन रहेको यस फिल्ममा दुर्गा केसी र दुर्गा भण्डारीले लगानी गरेका हुन्। साथै यस फिल्ममा अर्जुन गुरुङ, विनिता भण्डारी, लक्ष्मणविक्रम बस्नेत, मुकुन्द मैनाली, आयुस दाहाल, मिना जिसी, ज्योत्सना मगर, भुवन हुमागाईं, मनोज केसी, मनिषा रिजाल, नवराज तिवारी, भूमिका दाहाल, सानुप्रसाद घिमिरेलगायतका कलाकारको अभिनय रहेको छ।

ब्राण्ड यु पिक्सचर्स प्रालिका लागि उत्तम केसीको प्रस्तुति रहेको यस फिल्मको गीतमा शुभबहादुर सुनामको संगीत, प्रमोद ढुंगानाको शब्द रचना र पुस्कर सुनुवारको स्वर एवं एरेञ्ज रहेको छ। साजन घलेको छायांकन तथा सम्पादन रहेको यो फिल्म चुइँचुइँ पारेर अनलाइन टिभीमा आएको छ। बिहेमा खुवाइने भोज जन्तीबाख्रो र बिहेको परम्परालाई मनोरञ्जनात्मक रूपमा प्रस्तुत गरिएको छ।

thecinemaxhub

/ सम्बन्धित समाचार /