The Cinemax Hub

नीताको ‘सुख दु : ख’मा मिथिलापछि मदनकृष्णको इन्ट्री

Facebook
Twitter
WhatsApp

काठमाडौं । अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गाना अधिकारीको निर्देशनमा बन्न लागेको फिल्म ‘सुख दुःख’मा मदनकृष्ण श्रेष्ठ अनुबन्ध भएका छन्।  उनलाई शुक्रबार निर्माण पक्षले फिल्मको महत्वपुर्ण भुमिकाको लागि अनुबन्ध गरेको हो। 

फिल्ममा अनुबन्ध भएपछि कलाकार श्रेष्ठले आफुलाई फिल्मको कथा मन परेको कारण अभिनय गर्न राजी भएको बताए। मदनकृष्णलाई फिल्ममा अनुबन्ध गरेपछि निर्देशक नीता निकै उत्साहित देखिइन्।  

उनले भनिन्,‘फिल्मको स्क्रिप्ट सुनाउँदा उहाँ भावुक हुनुभयो। स्क्रिप्टलाई उहाँले मन पराएपछि अभिनय गर्नका लागि उत्साहित देखिनुभयो।’

गत आइतबार निर्माण पक्षले कलाकार मिथिला शर्मालाई अनुबन्ध गरेको थियो। मदन र मिथिला बाहेक फिल्मको मुख्य कलाकार को रहने हुन् निर्माण पक्षले खुलाएको छैन। 

यसअघि यो फिल्मको छायांकनका लागि चर्चित भारतीय छायाँकार कवीरलाल र शाहिदलाल अनुबन्धित भइसकेका छन्। नीता ढुंगानाको डेब्यु निर्देशन रहने फिल्ममा फिल्मको निर्माण व्यवस्थापनको जिम्मा शंकर पाण्डेले पाएका छन् । 

‘नीता फिल्म्स’को ब्यानरमा बन्न लागेको यो फिल्म आगामी वर्ष दसैंको फूलपातीका अवसरमा प्रदर्शनमा ल्याउने योजना निर्माण पक्षको छ।  यो फिल्मको वितरण अधिकार उपत्यकाबाहिर एफडी कम्पनीले लिएको छ भने उपत्यकाभित्र रिच इन्टरटेनमेन्टले पाएको छ।

Kumar Acharya

/ सम्बन्धित समाचार /