The Cinemax Hub

घटस्थापनामा ‘मैझारो’को टिजर रिलिज,तक्मेको निर्देशनले उचाई छुने संकेत

Facebook
Twitter
WhatsApp

काठमाडौं ः आगामी कार्तिक ७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मैझारो’को टिजर रिलिज भएको छ। निर्माण पक्षले सोमबार बडादसैंको घटस्थापनाको दिन पारेर फिल्मको १ मिनेट ५८ सेकेण्डको टिजर रिलिज गरेको हो।

सार्वजनिक भएको टिजरमा फिल्मका मुख्य कलाकार धिरज मगर,मिरुना मगर र दिया पुनबीचको त्रिकोणात्मक प्रेम देख्न सकिन्छ। इलामको दृश्यसँगै गाउँले परिवेशमा अभिनेता धिरज मगरलाई देख्न सकिन्छ। चिया बगानमा चिया टिप्न ढोको बोकेकी मिरुना मगरलाई डोको बोकेको देख्न सकिन्छ। सायद उनी चिया बगानमा चिया पत्ती टिप्ने काम गरेकी हुन कि भन्ने बुझिन्छ। धिरज र मिरुनाको प्रेम टिजरमा देख्न सकिन्छ। तर कुनै बाध्यताले धिरज दिया पुनसँग नजिकिएका छन्।

धेरै जसो दर्शकले तक्मेबुढा (विल्सन विक्रम राई)भन्ने वितिक्कै कमेडी शैलीको फिल्म निर्माण गर्लान् भन्ने लागेको हुनुपर्छ। तर उनले कमेडी टिजर अथवा कमेडीशैलीको मुभि बन्ला भन्ने सोचेको भन्दा विलकुलै फरक तरिकाले मौलिक प्रेमकथामा फिल्म निर्माण गरेका छन् भन्दा फरक नपर्ला । किनभने सार्वजनिक भएको टिजरमा किराती मौलिक प्रेमकथामा भावनात्मक सम्बन्धहरु देखाइएको छ।जसले गर्दा विल्सन विक्रम राईलाई यहि फिल्मले नै निर्देशकको एउटा राम्रो छाप छोड्छ भन्ने कुरामा दुविधा नहोला। किनभने उनले निर्माण गरेको यो फिल्ममा नेपाली माटोको कथा भन्न उनी निकै सिपालु देखिएका छन्। उनको काम टिजरसम्म अब्बल देखिन्छि।

त्रिकोणात्मक प्रेम कथामा आधारित फिल्म ‘मैझारो’लाई निर्देशक राईकै कथामा निर्माण भएको हो। फिल्ममा धिरज,मिरुना र दियाका साथमा दयाहाङ राई,बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभयराज बराल, माउत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन र विशाल लिम्बु लगायतका कलाकारको अभिनय समावेश छ।

‘तक्मे प्रोडक्सन’ को ब्यानरमा निर्माण भइरहेको यस फिल्ममा अनमोल गुरुङ र तोरेम्पाहाङ राईको संगीत रहेको छ। राजेशपायल राई, झुमा लिम्बू ,मेलिना राई, अस्मिता अधिकारी लगायतको मीठो स्वर सुन्न पाइनेछ। सौरभ लामाले छायांकन गरेका फिल्मको वितरण आरआर फिल्मले गर्दैछ र डिजिटल अधिकार ओएसआरले लिएको छ।
टिजर लिंक
https://youtu.be/DUAd_nxbnUI?si=f0RWk6CTxmW9rYfz

Kumar Acharya

/ सम्बन्धित समाचार /