The Cinemax Hub

अस्मिता जुरेलीको ‘मटक मटक’ले दिलायो ‘बेस्ट न्यू सिङ्गर’

Facebook
Twitter
WhatsApp

काठमाडौं । लोक–पप गीत ‘मटक मटक’बाट चर्चामा आएकी गायिका अस्मिता जुरेली ‘बेस्ट न्यू सिङ्गर (फिमेल)’ अवार्डबाट सम्मानित भएकी छन्। बी–स्टार फिल्म्स प्रालिले काठमाडौंमा आयोजना गरेको ‘बी–स्टार फिल्म्स म्युजिक अवार्ड २०२५’को दोस्रो संस्करणमा उनले अवार्ड हात पारेकी हुन्।

टेक बिसीसँग युगल स्वरमा रेकर्ड गरिएको गीतको शब्दरचना संगीत भिम बिसी हो। गीतको भिडियोमा अस्मिताले चर्चित नायक पल शाहसँग स्क्रिन–अपियर गरेकी थिइन्। शाह र जुरेलीको जोडी भिडियो रिलिज भएयता सबैभन्दा बढी चर्चामा रह्यो। नृत्य–समायोजनदेखि क्यामेरा–प्रेजेन्ससम्म दुवै कलाकारको केमिस्ट्रीलाई दर्शकले उल्लेखनीय रूपमा मन पराएका थिए। भिडियोको निर्देशन तथा कोरियोग्राफी विक्रम चौहानले गरेका हुन्।

‘मटक मटक’बाट उदाउँदै गरेकी जुरेलीलाई समारोहमा आधिकारिक प्रमाणपत्रसहित अवार्ड प्रमुख अतिथि नेपाल संगीत तथा नाटक प्रज्ञा–प्रतिष्ठानका उपकुलपति शम्भु राई र आयोजक प्रमुख बिक्रम चौहानले हस्तान्तरण गरे।

समारोहमा आयोजकले जुरेलीको प्रस्तुति, सम्भावना र पल शाहसँगको सफल सह–अभिनयले गीतलाई थप लोकप्रिय बनाएको उल्लेख गर्दै उनको आगामी यात्राका लागि शुभकामना व्यक्त गरेको थियो। अवार्ड कार्यक्रममा २०२५ का विभिन्न विधाका गीत–संगीतकर्मी र कलाकारलाई पनि सम्मान गरिएको आयोजकले जनाएको छ।

Cinemax Hub

/ सम्बन्धित समाचार /