The Cinemax Hub

विपिन कार्कीको मुख्य भूमिका रहेको चलचित्र ‘काजी’ चैत २७ गते रिलिज हुने

Facebook
Twitter
WhatsApp

काठमाडौं । लक्ष्मण रिजालको निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘काजी’ले प्रदर्शन मिति तय गरेको छ । फर्स्ट लुक सार्वजनिक गर्दै निर्माण टिमले आज रिलिज डेट लक गरेको हो ।

‘काजी’ चैत २७ गते रिलिज हुनेछ । आगामी नयाँ वर्षको बिदा भेट्नेगरी ‘काजी’ चैत २७ गते आउने भएको हो ।

रामप्रसाद रिजालको प्रस्तुति रहेको चलचित्रको आज सार्वजनिक गरिएको फर्स्ट लुकमा सिनेमाका मुख्य पात्र विपिन कार्की छन् । उनी योङ एण्ड हेन्डम देखिएका छन् । चिटिक्क पारेर कोरेको कपाल र दारीमा रहेका रहेका उनले सर्ट लगाएकम छन् । उनी केही गम्भीर मुद्रामा केही सोचिरहेको र केही हेरिरहेको देखिन्छन् ।

पोस्टरमा केकी अधिकारी देखिन्छन् । उनलाई विपीनले आफ्नो मुटुमा राखेको जस्तो देखिएको छ । सँगै खाना खाइहेको पुराना दिन सम्झिरहेको जस्तो देखिन्छ । पोस्टरले सिनेमा पारिवारिक लभस्टोरीमा केन्द्रित रहेको अनुमान लगाउन सकिन्छ ।

विपिन र केकीसँगै यो सिनेमामा गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपाने, रश्मी भट्ट, हिउवाला गौतम, सन्दिपबाबु लोहनी, रोजी श्रेष्ठ, गंगा शर्मा, नवराज गिरि, बुद्धी सागर खनाल, प्रशंसा सुवेदी, कृतिका शर्मा बाल कलाकार दिक्षिता अर्याललगायतको अभिनय छ ।

यो सिनेमाबाट लक्ष्मण रिजाल ८ वर्षपछि निर्देशनमा फर्किएका छन् । आफूले खोजेको जस्तै स्क्रिप्ट पाएकाले निर्देशनमा कमव्याक गरेको उनले बताएका छन् । उनले यसअघि ‘कसम’, ‘धुँवा यो नसा’, ‘अलविदा’, ‘कायरा’ लगायतका सिनेमा निर्देशन तथा ‘डिसेम्बर फल्स’ र ‘गणपति’को निर्माण गरेका थिए ।

रिजाल एण्ड रिजल प्रोडक्सनको व्यानरमा निर्माण रहेको सिनेमालाई राम प्रसाद रिजालले निर्माण गरेका छन् ।

चलचित्रमा प्रदीप भारद्धाजको लेखन रहेको छ । सिनेमालाई चिन्तन राजभण्डारीले खिचेका छन् । सिनेमाका लागि गीतसंगीत कालिप्रसाद बास्कोटाले तयार पारेका छन् ।

Kumar Acharya

/ सम्बन्धित समाचार /