The Cinemax Hub

भ्रष्टाचार र बेथितीविरुद्धको कथा ‘झरीपछिको इन्द्रेणी’को ट्रेलर सार्वजनिक

Facebook
Twitter
WhatsApp

काठमाडौं । हास्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’को डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘झरीपछिको इन्द्रेणी’को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको २ मिनेट ५५ सकेण्ड लामो ट्रेलर सार्वजनिक गरिएको हो ।

सिनेमाको सार्वजनिक ट्रेलरले कथावस्तुका बारेमा प्रकाश पारेको छ । भ्रष्टाचार र बेथितीविरुद्ध एक जेनजी युवाले काठमाडौंको माइतीघर मण्डलाबाट थालेको आन्दोलनको कथावस्तुमा सिनेमाको आधारित रहेको ट्रेलरबाट बुझ्न सकिन्छ । यो ट्रेलरले केही समय अगाडी नेपालमा भएको जेनजी आन्दोलनको झल्को दिन्छ ।

विदेश गएर उच्च शिक्षा अध्ययन गर्ने युवाको सपना पुरा नहुँदा उसले कसरी भ्रष्टाचार र बेथितीविरुद्ध आन्दोलन गर्छ भन्ने कथा देखाइएको छ । सिनेमाको सार्वजनिक ट्रेलरले दर्शकमाझ कौतुहल्ता पैदा गर्ने देखिन्छ । सिनेमाको ट्रेलरमा उठाएको कथावस्तुका विषयमा निर्देशक पाँडेलाई प्रश्न गर्दा जेनजी आन्दोलन अगावै आफ्नो सिनेमाको छायांकन सकिएकाले कहीँ कतै मिल्न गए संयोग मात्रै हुने बताए ।

नागराज इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको सिनेमाबाट अभिनेता गणेश उप्रेती लामो समयपछि कमव्याक गर्दैछन् । यो सिनेमा छायांकनका लागि उप्रेती अमेरिकाबाट नेपालम फर्किएका थिए । सिनेमामा गणेशसहित रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे ९पाँडे०, प्रियना आचार्य (मुन्नी), अंशु महर्जन, राजेन्द्र नेपाली, लक्षणा राईको अभिनय छ ।

आगामी पौष ४ गते देशब्यापी रिलिज हुने यो सिनेमाबाट कलाकार विमोचन दवाडी र जेसिका पोखरेलले डेब्यू गर्दैछन् । बाल कलाकारमा दिप्सन चिलवालले पनि अभिनय गरेको निर्माण कम्पनीले जनाएको छ । सिनेमाको एक गीतमा मोडल अञ्जली अधिकारी र कोरियोग्राफर प्रदीप लामा पनि विशेष भूमिकामा देखिनेछन् ।

निर्देशक घिमिरे स्वयंको कथा रहेको सिनेमाको पटकथा र संवादमा गणेश कार्की, विशाल घिमिरेले मिलेर लेखेका हुन् । सिनेमाका छायांकार बुद्ध थापा हुन् । अनिशा सेन्दाङ लिम्बु निर्मात्री, अनु थापा, पंकज खड्का, सिर्जना खड्का, सुवास शर्मा र राम कार्कीको सह(निर्माता तथा लाइन प्रोड्युसरमा योगेश खतिवडा र विनोद कँडेल रहेको छन् ।

Kumar Acharya

/ सम्बन्धित समाचार /