The Cinemax Hub

कलरिष्ट रेनिस फागोले कलर ग्रेडिङ गरेका चार वटा फिल्म ‘डन इन एसिमिलेट स्क्र्याच’मा सूचीबद्ध

Facebook
Twitter
WhatsApp

काठमाडौं । दुई दशक बढी समयदेखि नेपाली फिल्ममा कलरिष्टका रुपमा कार्यरत कलरिष्ट रेनिस फागोले कलर ग्रेडिङ गरेका चार वटा फिल्म ‘डन इन एसिमिलेट स्क्र्याच’मा सूचीबद्ध भएका छन् । एसिमिलेन्टिंक डटकम नामक वेबसाइटले साइटमा डिजिटल मोसन पिक्चर डीआई कलर फिनिश भएका हलिउड र विश्वव्यापी फिल्मको सूचीमा नेपाली फिल्महरु ‘पिताम्बर’, ‘१२ गाउँ’, ‘आउट ल’ र ‘मोहर’ परेका हुन् । नेपाली फिल्मको इतिहासमा सफ्टवेयर सम्बन्धी वेबसाइटमा नेपाली फिल्म सूचीकृत भएको यो पहिलोपटक हो ।

रेनिसले सामाजिक सञ्जालमार्फत कलरिष्टका रुपमा अझ राम्रा सिर्जना गर्न आफूलाई प्रेरणा मिलेको बताएका छन् । ‘कलरिष्ट रुपमा मेरो कलात्मक मूल्य र हाम्रो नेपाली फिल्म उद्योगलाई आधिकारिक रुपमा मान्यता दिएकोमा एसिमिलेट स्क्र्याचलाई धन्यवाद’, उनले लेखेका छन् ।

फिल्म ‘पिताम्बर’मा कृषा चौलागाई, ‘१२ गाउँ’मा विराज भट्ट, ‘आउट ल’मा विकी महर्जन र ‘मोहर’मा ओमप्रतिक गुरुङको निर्देशन छ । रेनिस नेपाली फिल्मसँगै, भोजपुरी फिल्म तथा म्युजिक भिडियोमा कलर ग्रेडिङ गर्न सक्रिय छन् ।

Kumar Acharya

/ सम्बन्धित समाचार /