The Cinemax Hub

सुशील,अञ्जना अभिनित फिल्म ‘परिवर्तन’ले पायो पिजी सर्टिफिकट

Facebook
Twitter
WhatsApp

काठमाडौं । यहि माघ ९ गते अर्थात शुक्रबारबाट प्रदर्शनमा आउने एक्सन फिल्म ‘परिवर्तन’को सेन्सर पास भएको छ। चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले फिल्मलाई पिजी सर्टिफिकेट दिएसँगै यो फिल्मको सेन्सर पास भएको हो। यो फिल्म हेर्नका लागि १६ वर्ष मुनिकाका दर्शकले अभिभावक साथैमा लैजानुपर्ने छ।

फिल्मलाई पुराना फिल्म निर्देशक विजय केरुङले निर्देशन गरेका हुन्। फिल्मको सेन्सर पास भइसकेपछि निर्देशक केरुङले फिल्ममा समसामयिक विषयवस्तु र राजनीतिक उथलपुथल फिल्ममा रहेकाले पिजी सर्टिफिकेट पाएको बताए। उनका अनुसार केहि डर लाग्दा दृश्यका कारण १६ वर्षमुनिका दर्शकले फिल्म हेर्नका लागि अभिभावक चाहिएको हो।

यो फिल्मको पछिल्लो समय गीतका साथै ट्रेलर चर्चामा रहेको छ। फिल्ममा समावेश गीत ‘पाकेको चिउरी’दर्शकमाझ असाध्यै लोकप्रिय बनेको छ भने यसकोट्रेलरलाई दर्शकले छोटो समयमा नै ११ लाखभन्दा बढि दर्शकले हेरेका थिए। फिल्ममा सुशील श्रेष्ठ,अञ्जना बराईली,सरोज खनाल, करिश्मा मानन्धर,बुद्धि तामाङ,हेमन्त बुढाथोकी,सुवास मेचेको मुख्य भुमिका रहेको छ।

दिव्यासी फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्र ‘परिवर्तन’लाई दीपक सिवाकोटीले निर्माण गरेका हुन्। निर्माता सिवाकोटीकै कथा रहेको यस फिल्मको पटकथा तथा संवाद भने शिवम् अधिकारीले लेखेका छन्।

एक्सन–सस्पेन्स विधामा निर्माण गरिएको यस फिल्ममा बन्दे प्रसादको सम्पादन,रामजी लामिछानेको कोरियोग्राफी रहेको छ भने एसडी योगीको संगीत सुन्न सकिन्छ। यस फिल्ममा श्री श्रेष्ठको द्धन्द्ध निर्देशन दर्शकले हेर्न पाउने छन्। पछिल्लो समय उनी द्धन्द्ध निर्देशनमा निकै चर्चामा रहेका छन्। उनको तारिफ हुँदै आएका छन्। फिल्मलाई आर आर फिल्मस्ले वितरण गरेको हो भने ओएसआर डिजिटलले सहकार्य गरेको छ। फिल्म यही माघ ९ गते अर्थात शुक्रबारबाट अल नेपाल प्रदर्शनमा आउदैछ।

Kumar Acharya

/ ताजा अपडेट /

/ सम्बन्धित समाचार /