The Cinemax Hub

पल शाह अभिनित फिल्म ‘आ बाट आमा’को ट्रेलर सार्वजनिक(भिडियोसहित)

Facebook
Twitter
WhatsApp

काठमाडौं । यही माघ १६ गतेबाट रिलिज हुन लागेको फिल्म ‘आ बाट आमा’को ट्रेलर सार्वजनिक भएको छ। निर्माण टिमले काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि ट्रेलर रिलिज गरेको हो।

ट्रेलरमा नेपालको पछिल्लो समसायिक घटनालाई प्रस्तुत गरिएको छ। नेपालमा कुनै अवसर नपाएपछि भविष्य बनाउन परदेशिन लागेको छोरा र अभिभावकले सन्तानप्रति गरेको मायालाई पर्दामा उतारिएको छ। जहाँ आमा विपना थापा बनेकी छन् भने बुबा भारतिय वरिष्ठ कलाकार प्रदीप रावत बुबा बनेका छन्। साथै छोराको भुमिकामा अभिनेता पल शाह देखिएका छन्। उनीहरुबीचको गहिरो सम्बन्धलाई ट्रेलरमै महसुस गर्न सकिन्छ।


ग्रामीण परिवेशका आमाबाबु र सन्तानबीचको भावनात्मक सम्बन्धलाई केन्द्रमा राखेर फिल्मका निर्देशक चन्द्र पन्तले कथा बुनेका छन्। यसको स्लोगनमा ‘बा आमाले परिश्रमले घर बनाउनु भयो, हामीले रहर र बाध्यताले पासपोर्ट बनायौं।’ भन्ने कुराले बाध्यताले विदेशिएका नेपालीको कथालाई फिल्मले बोल्छ।
साथीभाईले स्कुलमा पढाउदै गर्दा अस्ट्रलिया जानका लागि उक्साउछन्। त्यसैको लहै लहैमा अस्ट्रेलिया जान्छ। यसैको वरिपरि कथा ट्रेलरमा घुमेको देख्न सकिन्छ।

ट्रेलरमा फिल्मका सबै मुख्य कलाकारलाई देख्न सकिन्छ ।निर्देशक चन्द्र पन्तकै लेखन तथा पटकथा रहेको यस फिल्ममा विपना थापा, पल शाह, प्रदीप रावत,विशाल पहाडी,रवीन्द्र झा,साईग्रेस पोखरेल,सिम्रन पन्त,गजित बिष्ट,हेमराज अधिकारी (खनत्या खलास),उषा उप्रेती,दिलिप अखेडा लगायतले अभिन गरेका छन्।

ध्रुव न्यौपाने, प्रकाश कुँवर र क्षितिज ढुङ्गाना निर्माता रहेको यस फिल्ममा कार्यकारी निर्माता कृष्णप्रसाद सुवेदी र ओमकार पन्त हुन्।

आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो फिल्मको डिओपीमा नवराज उप्रेती रहेका छन्। फिल्मको संगीतमा कोशिस क्षेत्री,बाबुल गिरी,थानेश्वर गौतम,रहेका छन्। फिल्मको प्रदर्शन अधिकार भने आरआर फिल्मस्ले गर्दैछ । फिल्मको डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ।

Kumar Acharya

/ ताजा अपडेट /

/ सम्बन्धित समाचार /