The Cinemax Hub

चन्द्र पन्तको ‘आ बाट आमा’को कमाई ८ करोड ७२ लाख कट्यो

Facebook
Twitter
WhatsApp

 चन्द्र पन्त निर्देशित फिल्म ‘आ बाट आमा’ले ९ करोड नजिक कमाई गरिसकेको छ। गत माघ १६ गतेबाट प्रदर्शनमा आएको यो फिल्मले अहिलेसम्म ८ करोड ७२ लाख ग्रस कलेक्सन हो। पहिलो हप्ताभन्दा दोस्रो साता हलमा दर्शकको चाप बढेसँगै फिल्मको व्यापारमा छलाङ मारेको हो।
निर्देशक पन्तले भने,‘दर्शकको माया अत्यधिक पाइरहेका छौँ।देशभरका अधिकांश हलमा दर्शकको साथ छ। अहिलेसम्म हाम्रो फिल्मले ८ करोड ७२ लाख भन्दा बढि कमाई गरिसकेको छ। अझै बढ्दैछ। भोली शनिबार अझै दर्शक बढ्ने देखिन्छ।’
उनले थपे,‘फिल्मको कथामा आमा बुबा र छोराबीचको सम्बन्ध र वैदेशिक रोजगारीको खोजीमा विदेश पुगेका कथा भएर पनि होला धेरै दर्शकलाई छोएको छ। अधिकांश दर्शकले आफ्नै कथा हो भनिरहनु भएको छ। त्यसले पनि होला दर्शकको माया पाइरहेका छौँ।’
आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको यो फिल्ममा निर्देशक पन्तकै कथा तथा पटकथा निर्देशक चन्द्र पन्तकै रहेको छ। यस फिल्ममा विपना थापा,पल शाह,प्रदीप रावत (गजनी भिलेन)का अलवा साइग्रेस पोखरेल, उषा उप्रेती, सिम्रन पन्त, गजित बिष्ट,बेगम नेपाली,रचना गौतम लगायतको मुख्य भुमिका रहेको छ। उनीहरुको अभिनयलाई दर्शकले अत्यधिक रुचाएका छन्। फिल्मलाई कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर,ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगाना निर्माताको रूपमा छन्। यस फिल्मका कार्यकारी निर्माता करण सिंह रसाली हुन्। अभिमन्यू निरवीद्वारा लिखित संवादमा अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तले सहकार्य गरेका छन्।
फिल्ममा संगीत कोशिस क्षेत्री,बाबुल गिरी र थानेश्वर गौतमको छ। साथै फिल्मको गीतको भिडियोमा कोरियोग्राफी गंभीर बिष्ट र दिलिप ओखेडाको रहेको छ।
नवराज उप्रेतीले खिचेको यस फिल्मको सम्पादन मिलन श्रेष्ठको हो भने ट्रेलर र टिजरको काम साहिल खानले गरेका छन्। फिल्मको वितरण आरआर फिल्म्सको हो भने डिजिटल अधिकार ओएसआर डिजिटलको रहेको छ।
यसअघि निर्देशक पन्तले फिल्म ‘ह्रश्वदीर्घ’निर्देशन गरेका थिए। जुन फिल्म पनि सफल बनेको थियो।

Kumar Acharya

/ सम्बन्धित समाचार /