The Cinemax Hub

बैठकमा गुञ्जियो ‘हुलाकी ब्याण्ड’, प्रेमको मिश्रणमा रमाए दर्शक

Facebook
Twitter
WhatsApp

शनिबार प्रणय दिवसको अवसर पारेर होटेल बज्रमा हुलाकी ब्याण्ड गुञ्जिएको छ। बैठकले आयोजना गरेको कार्यक्रममा कविता, नाटकीय कथा कथन, र प्रत्यक्ष संगीतको मिश्रणले  साँझलाई प्रेमले झन् गाढा बनाउने प्रयत्न गरिएको छ। इन्टीमेट थिममा सेट डिजाइन गरेर तयार पारिएको माहोलमा दर्शकले कविता, कथा र संगीतलाई नजिकबाट नियाल्ने अवसर पाएका थिए।

हुलाकी ब्याण्डको प्रस्तुतीले रोमान्चक वातावरण तयार पारेको थियो भने कवि साक्षी किरण भट्टराईका सशक्त शब्दहरूको साथमा रेज्मी, रसिक रुसल (ठुले), मेरिना कटुवाल र पियुष पौडेलका कथाले कार्यक्रमलाई थप रोचक बनाएको थियो। दिपेन्द्र देवको नेतृत्वको समुहले नाटक मन्चन समेत गरेको थियो।
श्रीजल विक्रम शाही, सञ्जीव महर्जन, रोनिश जोशी र वर्षा भण्डारीको परिकल्पनामा तयार भएको यो कार्यक्रमले एक सांगीतिक प्रस्तुती मात्र प्रदर्शन नगरी जीवनलाई र प्रेमलाई नजिकबाट दर्शकलाई अनुभूत गराउने कोसिस समेत गरेको थियो।

कार्यक्रममा अन टाइम एक्सप्रेस, पूर्ण वाटर, अरोरा प्रोडक्सन, बिरा बिल्डर्स एण्ड सप्लायर्स, दामी एक्सपेरियन्स, होटल्स नेपाल, आई एम द गार्डनर, जुस, शेकसाग, एस्ट्रापी टेक्नोलोजी, खुक्री रम, कर्मा क्लब र मामामिया साझेदारको रुपमा रहेका थिए।

सिमित श्रोत र साधनको बीचमा पनि युवाहरुको नेतृत्वले गरेको यो बैठक केहि ठुलो योजनाको सुरुवात भएको आयोजकको बुझाइ छ।

Kumar Acharya

/ ताजा अपडेट /

/ सम्बन्धित समाचार /