The Cinemax Hub

यात्रापछि चुपचाप बसेका सलिनमानको कमब्याकको संकेत

Facebook
Twitter
WhatsApp

 फिल्म ‘ए मेरो हजुर २’बाट अभिनेताका रुपमा डेब्यु गरेका  सलिनमान बनियाले दर्शकमाझ लोकप्रिय भए। पहिलो फिल्मबाट नै दर्शकमाझ नोटिस भएका सलिनमानले दोस्रो फिल्म ‘ यात्राः अ म्युजिकल भ्लग’मा अभिनय गरे।  तर  युवापुस्तामाझ चर्चामा रहेका सलिन अचानक हराए। न सामाजिक सञ्जालमा देखिए,न उनले कतै फिल्ममा काम गर्न लागेको कुरा सुनियो। गत वर्ष सलोन बस्नेतको फिल्म ‘रंगी’को प्रिमियरमा देखिए। मिडियामाझ पनि खासै नआएका उनै सलिनमानले नयाँ वर्षको अवसर पारेर आफु फिल्ममा आउन लागेको संकेत दिए।

कतै बारमा बसेर मदिरा पिइरहेको तस्विर सहित उनले कहिलेकाहीँ दरुरी अन्त्य होइन,तयारी हुन्छ भन्दै कमब्याकको संकेत दिएका छन्। उनले यात्रापछि फिल्ममा काम गरेका छैनन्। जुन आठ वर्ष भइसकेको छ। उनले आठ वर्षको मौनतापछि नयाँ वर्षमा आफु कमब्याक हुन लागेको भनाई सामाजिक सञ्जालमा राखेका छन्। कुन फिल्म,के कसरी आउन लागेको हो,त्यसको बारेमा केहि खुलाएका छैनन्।

उनी लेख्छन्,‘कहिलेकाहीँ दूरी अन्त्य होइन, तयारी हुन्छ। आठ वर्षको मौनता पछि,नयाँ वर्षले केही पुराना रंगहरू फेरि जिउँदो पार्न खोज्दैछ।’ निकै साहित्यिक भावमा प्रस्तुत भएका सलिनमान कुन फिल्म र कसकोबाट कमव्याक गर्दैछन् त?यस प्रश्नको जवाफ उनले देलान् नै। जानकारीमा पाए अनुसार उनले सलोन बस्नेतको एक फिल्ममा काम गर्न लागेका छन्। तर हो होइन भन्ने बारेमा दुवैले खुलेको बताएका छैनन्। उनले सार्वजनिक गरेको तस्विर हेर्ने हो भने,कुनै फिल्ममा अभिनय गरिहेको देखिन्छन्। त्यसैको तस्विर सार्वजनिक नयाँ वर्षको उपहार स्वरुप आफ्ना फ्यानहरुलाई दिएका पो हुन् की? त्यसका लागि प्रतिक्षा त गर्नै पर्यो नि हैन त?

Kumar Acharya

/ सम्बन्धित समाचार /