The Cinemax Hub

जितुको ‘कार्की साइँला’फस्ट लुक्स बाहिरियो,साउन १ गतेबाट प्रदर्शनमा आउने

Facebook
Twitter
WhatsApp

काठमाडौं । जितु नेपालको मुख्य भुमिका रहेको फिल्म ‘कार्की साइँला’को पहिलो पोस्टरसँगै प्रदर्शन मिति घोषणा गरिएको छ। निर्माण टिमले नयाँ वर्षको अवसर पारेर आगामी साउन १ गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो।

सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकार जितु नेपाललाई भरियाको रुपमा देखाइएको छ। उनले बोकेको डोकोको पहाडमा पाँच जना भरिया कतै हिडिरहेकोको पनि देख्न सकिन्छ। साथै आकाशमा चराहरु उडिरहेका छन्। फिल्मको कथाको केहि अंश पोस्टरमा नै रहेको अनुमान गर्न सकिन्छ।

साथै पोस्टरको तल एक मायालु जोडीको मायाप्रेम पनि देख्न सकिन्छ। एक युवतीले पुरुषको कुममा टाउको राखेकी छन्। ति को हुन् त भन्ने दर्शकमाझ कौतुहलता पैदा गर्छरु पोस्टरमा जितुलाई निकै आकर्षक र फरक लुक्समा देख्न सकिन्छ। ताकी उनको यो फिल्म अहिलेसम्मकै फरक छ।

हास्य कलाकारका रुपमा परिचित जितुलाई यस फिल्मका निर्देशक राजेन्द्र बस्नेतले एक भरियाको कथामा प्रस्तुत गरेका छन्। जुन सार्वजनिक पोस्टर हेर्दै थाहा हुन्छ। नेपालको पुर्वी जिल्ला धनकुटा,सुनसरीको बराहक्षेत्र,चतरा लगायस्थानमा खिचिएको यो फिल्ममा जितु नेपालका अलवा प्रियना आचार्य ९मुन्नी०,सुशील पोखरेल,बिरेन्द्र सिंह कुशहुवा,मान्शी शर्मा,मनिल तामाङ,रेणुका आचार्य,दिप्सन लिम्बु,रोदा राई,कमल देवकोटा लगायतका कलाकारहरुले अभिनय गरेका छन्।

बालकुमार राई निर्माता रहेको यस फिल्ममा कृष्ण भगत चाम्लिङ प्रस्तुतकर्ता रहेका छन्। सविन श्रेष्ठ कार्यकारी निर्माता रहेको यो फिल्मको मुख्य सहायक निर्देशक रोजल थापाको छ भने डम्बर राईले खिचेका छन्। कर्णबहादुर फिल्मस् प्रालीको व्यानरमा निर्माण भएको यस फिल्ममा द्वन्द किरण दाहालको छ भने संगीत दिप्सन लिम्बु,प्रोडक्सन सिबी भण्डारीको रहेको छ। यस फिल्मको वितरण कुबेर फिल्मस्ले गर्दैछ।

Kumar Acharya

/ सम्बन्धित समाचार /