The Cinemax Hub

स्क्रिप्ट पूजा संगै ‘अक्षरा’ औपचारिक घोषणा, गुहेश्वरीमा मुहूर्त सम्पन्न

Facebook
Twitter
WhatsApp

निर्माण हुने चलचित्र ‘अक्षरा’को शुभमुहूर्त गरिएको छ। शुक्रबार बिहान निर्माण टिमले गुहेश्वरी मन्दिरमा स्क्रिप्ट पूजा गर्दै फिल्मको औपचारिक सुरुवात गरेको हो।
मुहर्त शर्टमा क्यामेरा दिनेश महरा,रोल शंकर महर्जन,एक्सनकटमा मधुसूदन भट्टराई रहेका थिए भने क्ल्यापिङमा लव प्याकुरेलले दिएकाथिए भने नरिवल दीपक दंगालले फुुटाएका छन्।
फिल्ममा शुशिल सिटौला, न्यान्सी खड्का, शुशिल पोखरेल, पुष्कर राउत, रिस्ता अधिकारी, अंशु महर्जन, गीता अधिकारी, विरेन्द्र कुशवाह र सृजना अधिकारीको अभिनय रहनेछ। साथै बालकलाकारका रूपमा रोनक खड्का र प्रीसा ढुंगाना पनि देखिनेछन्। क्षित बाबू प्रोडक्सन हाउसको प्रस्तुतिमा निर्माण हुने यस फिल्मका निर्देशक बिनय राज पौडेल हुन् भने गीतकार सुरेन्द्र राना र संगीतकार कर्णराज गिरी रहेका छन्। कोरियोग्राफी रामजी लामिछानेले गर्नेछन् भने द्वन्द्व निर्देशन शंकर महर्जनको रहनेछ।
यस फिल्मको श्रृंगारमा मदन न्यौपाने, भेषभुषामा प्रार्थना भट्टराई र छायांकनमा दिपेन बस्न्यात रहेका छन्। निर्माण व्यवस्थापक सुमन काफ्ले हुन् भने पोस्टर डिजाइन राकेश दाहालले गरेका छन्। फिल्मको वितरण नेशनल सिने ग्रुप नेपाल प्रा.लि.मार्फत दीपक दंगालले गर्नेछन्। मुख्य सहायक निर्देशक दिवस बोहरा र सहायक निर्देशक मनोज बोहोरा रहेका छन्।सम्पादनमा गौतमराज खड्का रहेका छ्न
कार्यकारी निर्माता सुरज थापाकाजी हुन् भने निर्माता उग्रसेन ढुंगाना र सुग्रसेन ढुंगाना रहेका छन्। पटकथा तथा संवाद अभिमन्यु निरवीले तयार पारेका हुन्। दर्जनौ फिल्ममा सहायक निर्देशकको भुमिका निवार्ह गर्दै आएका बिनयले यस फिल्मबाट निर्देशनमा डेब्यु गरेका हुन्।

Kumar Acharya

/ सम्बन्धित समाचार /