The Cinemax Hub

माइकल चन्दको नयाँ फिल्म ‘हेराई’ प्रि–प्रोडक्सनमा, यसै वर्ष रिलिज गर्ने तयारी

Facebook
Twitter
WhatsApp

‘राम नाम सत्य’ निर्देशकको ‘हेराई’ घोषणा
गतबर्ष रिलिजमा आएको फिल्म ‘राम नाम सत्य’का निर्देशक माइकल चन्दले नयाँ फिल्म निर्देशन गर्ने भएका छन् । माइकल इन्टरटेन्मेन्ट हाउसको व्यानरमा निर्माण हुन लागेको फिल्मको नाम ‘हेराई’ राखिएको छ ।
हाल यो फिल्मको धमाधम प्रि–प्रोडक्सनको काम चलिरहेको छ । फिल्मको छायांकन केही महिनामा नै सुरु गर्ने तयारी माइकलको छ ।
यसपटक भने माइकलले पूर्णतया लभ स्टोरी कथामा फिल्म बनाउने तयारी गरेका छन् । ‘राम नाम सत्य’ भने पूर्ण रुपमा एक्सन जनराको फिल्म थियो । जसले, नेपाली बक्स अफिसमा साढे ३ करोड हारहारीको ग्रस कलेक्शन गरेको थियो ।
‘हेराई’ फिल्मका लागि कलाकारहरु कोही पनि फाइनल भएका छैनन् । ‘एक हेराई अनेक वुझाई’ ट्याग लाइन दिइएको यो फिल्मलाई किशोर भट्ट, हेमन्त शाह र स्वेता विमलीले निर्माण गर्ने पक्का भएको छ । फिल्मका सह–निर्माता राजेन्द्र भट्ट र अर्जुन सुनार हुन् ।
फिल्मबारे माइकल भन्छन्–‘यसपटक हामीले पूर्णतया लभ स्टोरी कथामा फिल्म बनाउँदैछौं । यो फिल्मले मानिस अनुसार हेराई फरक फरक हुने कथा भन्छ ।’
फिल्मलाई यसैबर्ष रिलिज गर्ने योजना समेत रहेको माइकलको भनाई छ । 

Kumar Acharya

/ सम्बन्धित समाचार /