The Cinemax Hub

चन्द्र पन्तको ‘आ बाट आमा २’को अभिनेत्रीमा निकिता आचार्य अनुबन्धित

Facebook
Twitter
WhatsApp

चन्द्र पन्तको निर्देशनमा निर्माण हुने फिल्म ‘आ बाट आमा २’को अभिनेत्रीका रुपमा निकिता आचार्य अनुबन्ध भएकी छन्। निर्माण पक्षले बिहिवार उनलाई फिल्मका लागि अनुबन्द गरेको हो। फिल्मका निर्देशक तथा निर्माता चन्द्र पन्तले उनलाई फिल्मका लागि अनुबन्ध गरेको बताए।
उनले भने,´हामीले निकितालाई फिल्मको एक मुख्य भुमिकामा अनुबन्ध गरेका छाैँ।`
निकिताले यस अघि केही फिल्ममा अभिनय गरिसकेकी छन्। आगामी असोज ३० गते अर्थात दसैंको फूलपातीबाट प्रदशर्नमा आउने यस फिल्ममा यसअघि पल शाह,आकाश श्रेष्ठ,विपना थापा,प्रदीप रावतका अलवा साइग्रेस पोखरेल,गजित बिष्ट,नरेन खड्का अनुबन्धित भइसकेका छन्।
यस फिल्मको कथा तथा पटकथा निर्देशक पन्तकै रहेको छ।
नेपालमा यस फिल्मको वितरण भने आरआर फिल्मस्ले गर्दैछ भने डिजिटल अधिकार ओएसआरले लिएको छ। आर्या इन्टरटेन्टमेन्ट प्रालीको व्यानरमा निर्माण हुने यस फिल्मको प्रोडक्सन म्यानेजर करणसिंह रसाली रहेका छन्।

Kumar Acharya

/ सम्बन्धित समाचार /