

गत वैशाख २५ देखि प्रदर्शन भएको नेपाली फिल्म ‘लालीबजार’ आजदेखि प्रदर्शनको पाँचौँ सातामा प्रवेश गरेको छ । पाँचौँ सातामा पनि यो फिल्म प्रदर्शनरत नेपाली फिल्महरूमा सबै भन्दा बढी शो पाउने फिल्म बनेको छ । यसले नेपालभर ८१ शो पाएको छ । पाँचौँ सातामा प्राप्त गरेको शो सङ्ख्याले पनि दर्शक फिल्म प्रति आकर्षित रहेको बुझ्न सकिन्छ ।
साथै, यसलाई हालसम्म ३ लाख बढी दर्शकले हेरिसकेका छन् । यो वर्ष विसं २०८३ मा हालसम प्रदर्शन भएका अन्य नेपाली फिल्म भन्दा ‘लालीबजार’ निकै अगाडि देखिएको छ । फिल्मलाई दर्शकको माया निरन्तर प्राप्त भएपछि निर्माण टिम लगातार दर्शकसँग भेटघाट गर्दै प्रतिक्रिया लिईरहेको छ ।
















