The Cinemax Hub

सुर्खेतका सर्जक मनिष र निरजको नयाँ भजन ‘गोविन्द गोपाल श्याम’ सार्वजनिक

Facebook
Twitter
WhatsApp

 सुर्खेतका प्रतिभाशाली सर्जक मनिष गहतराज र संगीत संयोजक निरज रास्कोटीको नयाँ भजन ‘गोविन्द गोपाल श्याम’ सार्वजनिक भएको छ।

पछिल्लो समय सुर्खेतको सुगन्धलाई राष्ट्रिय स्तरसम्म पुर्‍याउँदै आएका मनिषले स्थानीयदेखि राष्ट्रिय स्तरका कलाकारहरूसँग सहकार्य गर्दै थुप्रै उत्कृष्ट सिर्जनाहरू दर्शक तथा श्रोतामाझ ल्याइसकेका छन्। मनिष र निरजको सहकार्य यसअघि ‘म मर्न चाहन्न’, ‘फेरि भेटौँला’ र ‘श्री राम जय राम’ जस्ता चर्चित गीतहरूमा रहिसकेको छ। ती सिर्जनाहरूलाई दर्शक तथा श्रोताले निकै रुचाएका थिए।

यसपटक उनीहरू भगवान श्रीकृष्णप्रति समर्पित भक्तिभावले भरिएको नयाँ भजन ‘गोविन्द गोपाल श्याम’ लिएर पुनः दर्शक तथा श्रोतामाझ उपस्थित भएका छन्। यस भजनमा सलिना विक र नितेश विकको सुमधुर स्वर रहेको छ भने निरज रास्कोटीको संगीत संयोजनले गीतलाई थप आकर्षक बनाएको छ।
गीत निर्माणमा अनिश गहतराज, मनिष ज्वेलर्स र कृष्ण रामदाम निर्माताका रूपमा रहेका छन्। त्यस्तै, नागेन्द्र राईको बाँसुरी, राहुल विश्वकर्माको गितार, रोहन मगरको बास गितार तथा धिराज खड्काको सहायक संगीत रहेको छ। गीतको रेकर्डिङ तथा संगीत निर्माण NR Studio मा गरिएको हो।

भिडियो एनिमेसन गजुन थापा मगरले तयार गरेका हुन् भने थम्बनेल निर्मल पराजुलीले डिजाइन गरेका हुन्। गीतको मिडिया पार्टनरमा मोटे ग्याङ नेपाल र कुमार समशेर थापा रहेका छन्।

भक्ति रसले भरिपूर्ण यस भजनले दर्शक तथा श्रोताको मन जित्ने विश्वास निर्माण पक्षले लिएको छ। निर्माण टिमले गीत सुनेर प्रतिक्रिया दिन सबैमा अनुरोध समेत गरेको छ।

Kumar Acharya

/ सम्बन्धित समाचार /