The Cinemax Hub

फिल्म ‘टिका: स्टेटलेस सोल’ को छायांकन प्रारम्भ

Facebook
Twitter
WhatsApp

फिल्म ‘टिका: स्टेटलेस सोल’ को छायांकन प्रारम्भ भएको छ। कास्की जिल्लाको पामेबाट आइतबारदेखि यो फिल्मको छायांकन सुरू भएको हो ।४० दिनको तालिकासहित फ्लोरमा गएको फिल्मलाई गण्डकी प्रदेशको कास्कीमा मात्रै ३० दिन खिचिनेछ भने अन्य दृश्यांकन काठमाडौं लगायतका ठाउँमा हुनेछ । कास्कीको पोखरा र त्यस आसपास पामे, सराङकोट, निरभाने लगायतका ठाउँमा फिल्मको छायांकन गरिने कार्यकारी निर्माता तेजबिक्रम केसीले बताए । कास्कीका विभिन्न आकर्षक लोकेसनले फिल्मको कथालाई जीवन्त बनाउन सघाउ पुग्ने केसीको विश्वास छ ।

भविष्य फिल्मस् प्रालि र थर्ड आई आर्ट्सको ब्यानरमा निर्माण हुने फिल्मको निर्माता भविष्य खड्का हुन्। यो फिल्म तीजको अवसरमा आगामी भदौ २६ गतेबाट सार्वजनिक प्रदर्शनमा ल्याउने निर्माण टिमले यसअघि नै घोषणा गरिसकेको छ ।

शंकर कार्कीको निर्देशन रहेको फिल्मलाई महिला प्रधान चलचित्र भनिएको छ। आकाश उखेडा र जीवन ढुंगेल मुख्य सहायक निर्देशक छन् । फिल्ममा  प्रियंका कार्की, वर्षा सिवाकोटी, महेश त्रिपाठी, निर्मल शर्मा,

Kumar Acharya

/ सम्बन्धित समाचार /