

आज मङ्सिर ४ गते शुक्रवारबाट दुई चलचित्र ‘जलाकी’ र ‘हिमालयन गोल्ड’ एकसाथ प्रदर्शनमा आएका छन् । ‘जलाकी’मा उपासना सिंह ठकुरी र ‘हिमालयन गोल्ड’मा परीक्षा लिम्बूको मुख्य भूमिका छ । ‘जलाकी’लाई देशभरका हलमा ७२ शो उपलब्ध छ भने ‘हिमालयन गोल्ड’ले ३२ शो पाएको खल्ती एपमा देखिन्छ । अशोक थापा मगरको लेखन तथा निर्देशनमा बनेको ‘जलाकी’मा उपासनासहित सोनम तोप्देन, अस्तित्व भट्टचन, सहारा हाङमा लिम्बू, विजय लामा, शिल्पा मास्के, राजु रेग्मी मगर, भावना मगर, बुद्धि तामाङलगायतका कलाकारको अभिनय छ । धिरज राजवंशीको लेखन तथा निर्देशनमा बनेको ‘हिमालयन गोल्ड’ भने यार्सागुम्बाको कथामा आधारित छ । नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आएको फिल्ममा परीक्षासहित सुनिल थापा, कर्मा शाक्य, मेनुका प्रधान, राहुल मुखिया, सजन थापा, ऋषिकेश बस्याल, सुनिल तामाङ, अङ्कित खड्का, सेविता अधिकारी, तेन्जिङ ठकुरीलगायतका कलाकारको अभिनय छ ।


















